राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भए पनि त्यसको जिम्मेवारी सरकार र संसद्ले लिनुपर्ने विज्ञहरूले बताएका छन्।
राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।
उन्नत जातको बीउका कारण स्वस्थकर हुने रैथाने अन्नबाली हराउँदै गएका छन्। यस्ता बाली जोगाउन शहरमा खुल्न थालेका पसलले किसानलाई उचित मूल्य दिन थालेपछि स्थानीय उत्पादन जोगिन आशा गर्न थालिएको छ।
कांग्रेसले आकलन नगरेको अडानले आइतबार राजनीतिमा जस्तो उथलपुथल ल्यायो, बालकोटको बार्दलीबाट त्यसको पटाक्षेप गराउने ओली–दाहाल पुनर्मिलन सम्भव तुल्याउन एमाले–माओवादी नेताहरू पर्दापछाडि उसैगरी सक्रिय थिए।
संघीय सरकारका लागि नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री मात्र नभई कांग्रेसले राष्ट्रपति, सभामुखलगायत पद त गुमाउने नै छ, सबै प्रदेशमा प्रतिपक्षमा धकेलिने निश्चित भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा नयाँ गठबन्धन बनेपछि समाजवादीले यस्तो निर्णय गरेको हो।
महिलाको आधारभूत अधिकार हनन गरेको भन्दै राष्ट्रसंघले तालिवानी कदमको विरोध गरेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयले यसलाई विनाशकारी कदम भनेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
आइतबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर दाहालले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङ तथा हत्या अभियोगमा फरार सूचीमा कोइरीलाई संसद सचिवालयले निलम्बन गरेको हो।
जितसहित जनकपुर २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने पाँचौँ स्थानमा रहेको छ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमालेसहितका दलहरूको बैठकले दाहाललाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।
अष्टलक्ष्मी शाक्यको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा थियो भने ओलीका विश्वासपात्र मानिने सुवास नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका छन्।
बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो।
बालकोटमा बसेको नेकपा एमालेसहितका पाँच पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।
देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन्।
नयाँ सरकार गठनका लागि ४ दलीय छलफल चलिरहँदा राउत पनि बालकोट पुगेका हुन्।
बालकोटमा ओलीले आफूहरूलाई मिलेर सरकार बनाउन गरेको प्रस्तावबारे पार्टीमा छलफल शुरू गरेको जसपाका नेता अशोक राईले बताए।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले मिलेर सरकार बनाउन आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।
बैठकमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी छन्।