AnonymousUser

Logout

शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट बाहिरिए

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहणस्थलबाट बाहिरिएका छन्।

प्रधानमन्त्रीद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछाने

उपप्रधानमन्त्री र अर्थमा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्। 

नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भित्र आइतबार देउवाले आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियक्ति गर्न माग गर्दै दाबी पेस गरेका थिए।

सेयर बजारमा उत्साह, नेप्सेसँगै बढ्यो कारोबार रकम

सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँबराबरको किनेबेच भएको छ।

उद्योगमन्त्री बन्दै जनमत पार्टीका नेता अब्दुल खान

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्रीका लागि योग्य नभएको बताए। उनले पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।

नयाँ सरकार बन्ने प्रक्रियालाई सहजतापूर्वक लिएका छौँ : बालकृष्ण खाँण

१ वर्ष ६ महिना गृह मन्त्रालयको नेतृत्व गरेका बालकृष्ण खाँणले सफलतापूर्वक मन्त्रालयको कार्यभार सम्हालेको दाबी गरेका छन्। स्थानीय तह र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको उनले बताए।

उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

यी हुन् एमालेबाट सरकारमा जाने चार मन्त्री

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका छन्।

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन गठबन्धन सहमत, मन्त्रालय टुंगिन बाँकी

सत्ता गठबन्धन रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।

नेपाल टी-२० लिग : ५ बल बाँकी छँदा फारवेस्टको जित

फारवेस्ट युनाइटेडले नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सलाई ४ विकेटले पराजित गरेको छ।

अत्यधिक चिसो र आँधीका कारण अमेरिका र क्यानडामा ३८ जनाको मृत्यु

अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।

ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गर्दै उनीहरू ज्ञान र प्रेरणाका पुञ्ज रहेको बताएकी छन्।

बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ

सीआइबीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन : माओवादी

नेकपा माओवादीको पदाधिकारी बैठकले नेपाली कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन बनाउनु परेको निष्कर्ष निकालेको छ।

सत्ता साझेदार दलबाट एक–एक जना समेटेर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्रीको तयारी

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहभागी दलहरूबाट एक-एक जना मन्त्री सहभागी गराई मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

प्रचण्ड नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन्।

सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनमा सहमति भएपछि बनेको गठबन्धन बैठकले सरकार गठन लगायत अबको रणनीतिका बारेमा छलफल गर्नेछ।

चितवनका इन्टरनेट सेवा प्रदायकलाई पोल भाडा तिर्न प्राधिकरणको आग्रह

आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि नआएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो।

समुद्रमा हप्तौँ अलपत्र परेका ५८ जना रोहिंग्या इन्डोनेशिया भेटिए

भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।