अत्यधिक चिसो र हिमपातका कारण अमेरिकामा ६२ जनाको मृत्यु भएको छ।
बुधबार भएको निर्वाचनबाट रामसहाय प्रसाद यादव जसपा संसदीय दलको नेतामा निर्विरोध भएका छन्।
काठमाडौँ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरू बीच झडप हुँदा चारजना घाइते भएका छन्। घाइतेको काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको छ।
छापावाल सुन मंगलबारका तुलनामा प्रतिताेला ४०० रुपैयाँ बढेर एक लाख एक हजार १०० मा काराेबार भइरहेकाे छ।
नयाँ संसद्को पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। संसद् सचिवालयका अनुसार सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक तयारी सम्पन्न भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्।
कांग्रेसकाे संस्थापन इतर समूहमा सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठ्न थालेकाे छ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन संवाद थालेका छन्।
सिनो व्यवस्थापन र पशुमा हानिकारक औषधिकाे प्रयाेगका कारण गिद्धकाे संख्या घट्दै भएकाे भन्दै पंक्षीविद्ले चिन्ता व्यक्त गरेका छन्।
बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड, खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड र फेरि अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडकाे भूकम्प गएको छ।
अशाेककुमार राई र राजकिशाेर यादवमध्ये एक जना जसपा संसदीय दलको नेता बन्ने सम्भावना छ।
तराईमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुँदा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
१४ वर्षमा तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले प्राप्त गरेको यो सम्भवतः ‘अन्तिम अवसर’ भनेर चर्चा भइरहँदा माओवादी नेताहरू नै भन्दैछन्– यो प्रचण्डको अवसर नभएर संकट हो।
उद्योगी–व्यापारीको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीतर्फ संकेत गर्दै अर्थमन्त्री विष्ण पौडेलसमक्ष नीतिगत सुधारको माग गरेको थियो।
गृहमन्त्री लामिछानेले शीतलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ संक्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछाने मंगलबार बिहान सचिवभन्दा अगाडि मन्त्रालय पुगेका थिए। उनले चमेना गृहमा नै खाना खाएका थिए।
जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।
काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।