AnonymousUser

Logout

खाद्यलाई धान बेच्न रातभर खुला आकाशमुनि

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।

नियमित सेवाप्रवाह रोकेर दिवस मनाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले बिहीबार आफ्ना सबै सेवाप्रवाह बन्द गरेर महानगर दिवस मनाउँदै छ।

१३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण अलपत्र पार्ने र आपूर्ति गर्न नसक्ने १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।

विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

फिफा विश्वकप फुटबल २०२२ काे उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनल पुगेकाे हाे।

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर ४.२ प्रतिशत कायम गर्नुपर्ने

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको थियो।

देशको नेतृत्व गर्ने अवसर पाए आउँदो पिँढीले सम्झने काम गर्छु : प्रचण्ड

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।

के अहिले सेयरमा लगानीको उचित समय हो?

बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा पनि तत्काल ब्याजदर नबढ्ने भएको छ, यस्तो अवस्थामा सेयर बजारमा उत्साह देखिनुपर्नेमा अहिले बजार स्थिर देखिएको सेयर जानकारहरू बताउँछन्।

कंगोमा बाढी र पहिरोमा परी १२० जनाको मृत्यु

विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी छ। जलवायु परिवर्तनका कारण कंगोमा आकस्मिक बाढीको जोखिम बढिरहेको बताइएको छ।

रेशम चौधरीलाई छुटाउन ल्याइएको अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

रेशम चौधरीलगायत टीकापुर घटनामा सजाय भोगिरहेकाहरूलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारू समुदायले माइतीघरमा प्रदर्शन गरेको छ।

'विशिष्ट अधिकृत'को स्वार्थले निजामती सेवा ऐन रोकिएको राष्ट्रियसभा अध्यक्षको भनाइ

अध्यक्ष तिमिल्सिनाले छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताएका छन्।

न्युजिल्यान्डले लगायो चुरोट खरिदमा आजीवन प्रतिबन्ध

नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पुर्‍याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ।

पुसमा तरलताको अभाव झनै बढ्छः गभर्नर अधिकारी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताएका छन्।

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ पुस ६ मा

रास्वपा सभापति लामिछानेको नागरिकता विवादलाई लिएर उनको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

मस्कलाई पछार्दै आर्नल बने विश्वकै धनी व्यक्ति

यसअघि विश्वकै धनी व्यक्तिका रूपमा रहेका एलन मस्क दोस्रो स्थानमा पुगेका छन् भने तेस्रो स्थानमा भारतका गौतम अडानी रहेका छन्।

संसदीय दलको नेतामा सघाउन आग्रह गरेका पौडेललाई देउवाले भने– ‘पछि सल्लाह गरौँला'

कांग्रेस नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई संसदीय दलको नेता चयनका लागि सघाउन आग्रह गरेका छन्।

तेस्रो मुलुकबाट हुने आयात घट्यो, के हुन्छ बजार भाउ?

सरकारले कतिपय वस्तु आयातमा लगाएको प्रतिबन्धका कारण तेस्रो मुलुकबाट आउने सामान घट्दा व्यापार लागतसँगै बजार भाउ पनि बढेको व्यापारीहरू बताउँछन्।

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

मेलम्चीकाे पानी वितरणका लागी बनाइएका १० मध्ये आठ वटामा पानी पुगिसकेको छ। बाँकी दुईवटामा चार दिनभित्र पुग्ने केयूकेएलले जनाएकाे छ।

एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरूङबीच भेट

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देवप्रसाद गुरूङबीच भएकाे भेटमा के कुराकानी भयाे भन्ने बाहिर आएको छैन।

संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा

संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले अवकाश हुन नाै महिना बाँकी छदै पदबाट राजीनामा दिएका छन्।

नारायणगढ–मुग्लिनखण्ड : १५ पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।