आलु गाउँको नामले परिचित हेमजामा भएको एक साता लामो आलु महोत्सवमा ५ करोड रुपैयाँ बराबरको ८० टन आलु बिकेको छ।
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ६-७ वटा ठेक्का तोड्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भारतीय पक्षसँग छलफल गरेका छन्।
विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।
प्रधानमन्त्री दाहालले एफपीओमा कर लगाउने विषयको दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।
निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
लिग अनिश्चित भएको भन्दै शहीद स्मारक ‘बी’ डिभिजनका क्लबले सांकेतिक विरोध गरेका छन्।
डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरको वायुको गुणस्तर मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको छ। तर सरकारसँग डढेलो नियन्त्रणको ठोस योजना छैन।
रास्वपाले ढाकाकुमार श्रेष्ठमाथि कारबाही गरेको पत्र संघीय संसद् सचिवालयमा पेस भएको छ।
जितसँगै संकटाले ९ खेलमा ४ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। समान खेल खेलेको एपीएफले ११ अंक जोडेको छ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारका कमीकमजोरीबारे प्रधानमन्त्रीलाई भेटेर सल्लाह, सुझाव दिन कांग्रेस महामन्त्री गगन थापालाई आग्रह गरेका छन्।
जापानको कारुइजावामा जी–सेभेनको विदेशमन्त्री स्तरीय बैठक आइतबारदेखि मंगलबारसम्म चल्ने छ। जापानी प्रधानमन्त्री किशिदाले बैठक अवधिभर सुरक्षा व्यवस्थालाई कडा पारिने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्।
कारोबार भएका ७० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
काठमाडौँ विश्वकै बढी प्रदूषित हुने शहरमा परेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
एसीसी प्रिमियर कपका लागि क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले जनताले नयाँ पार्टीबाट केही आशा राखेको भए पनि उनीहरूले नै पुराना पार्टीले गरेका गल्ती दोहोर्याउने काम गरिरहेको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै हराएको सूचना पढेर सुनाएका हुन्।
शनिबार राती साढे १० बजे टिभीमा लाइभ भइरहेका बेला पत्रकारको कार्ड भिरेर आएका व्यक्तिले गोली हानी पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरेका हुन्।