सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै चार्ल्स शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको छ।
१९ वर्षदेखि जेलमा रहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतको आदेश छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वर्षका लागि सरकारको नेतृत्व आफूलाई दिन आग्रह गर्दै कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सन्देश पठाएका छन्।
अन्नभण्डारका रूपमा चिनिने सुदूरपश्चिम तराईका कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने चलन छ।
केही समय अघिसम्म राष्ट्रिय क्रिकेट टोलीमा स्पिन आक्रमणको नेतृत्व 'गुगली बोई' सन्दीप लामिछानेले गर्थे। क्यानले उनको विकल्पमा लेग स्पिनर तयार नगर्दा अहिले नेपालको बलिङ आक्रमण नै कमजोर भएको छ।
जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्थाअनुसार शोभराज छुटेका हुन्।
वीरगन्ज महानगरले घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क र ७० वटा सिँचाइ मिटरमा उठ्ने शुल्क भुक्तानी गर्ने योजना लागू गरेको छ।
लिखुपिके गाउँपालिकाले घरमै गएर दीर्घरोगका बिरामीको स्वास्थ्य परीक्षण र औषधि प्रदान गर्ने योजना शुरू गरेको छ।
तराईमा हुस्सु/कुहिरोका कारण हवाई यातायात पनि प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।
राष्ट्रपति भण्डारीले व्यापार घाटा न्यूनीकरण गर्न कृषि उपार्जन बढाउनुपर्ने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्नुपर्ने तथा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन्।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले केही देशमा संक्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थालाई निगरानी गरिरहेको बताएका छन्।
अमेरिकी संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग डटेर लड्नका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेशमा सबैभन्दा कम ५२ प्रतिशतमा वित्तीय साक्षरता रहेको छ।
शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल टी-२० लिग क्यानले विज्ञप्ति निकाल्दै एक दिन पछि सरेको जनाएको छ।
सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ संसद्ले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल गर्ने बताएका छन्।
नेपालमा उत्पादन नहुने पाम तेल, न्यून उत्पादन हुने भटमास र सनफ्लावर तेलले निर्यात व्यापारको ठूलो हिस्सा ओगट्दै आएकोमा भारतले करको दर हेरफेर गरेसँगै यसको प्रभाव देखिएको भन्सार विभागले जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने, तर नेतृत्व कसले गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन्।