तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ मा चुहानडाँडा पुगेर तीन वर्षभित्र विमानस्थल बन्ने बताएका थिए। तर, साेही दिन दुर्घटनामा उनकाे मृत्यु भयो। त्यसपछि योजना पनि अलपत्र पर्यो।
बाँझोपनाको दर तुलनात्मक रूपमा मध्य र कम आय भएका मुलुकमा बढी रहेको अध्ययनले देखाएको छ। यद्यपि, यो विश्वभर हरेक देश, क्षेत्र तथा समुदायमा गम्भीर स्वास्थ्य चुनौती बनेको छ।
रियल मड्रिड समग्रमा ४–१ को नतिजासहित काेपा डेल रेकाे उपाधि नजिक पुगेकाे छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका मानिस र वृद्धावृद्धलाई बढी समस्या गराउनसक्ने बताए।
तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।
पेरिस ओलम्पिक २०२४ महिला फुटबल एशियाली छनोटको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएपछि दोस्रो चरणमा पुग्न मुस्किल भएको छ। अब शनिबार हुने अर्को खेलमा कम्तीमा ५ गोल अन्तरमा जित्नु पर्नेछ।
सर्वाेच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै विपक्षीहरूलाई कारण देखाउ आदेश जारी गरेको छ। रिटमा प्रधानमन्त्री, सभामुख, मुख्यसचिवसहितलाई विपक्षी बनाइएको छ।
यसअघि कपिलवस्तु जिल्ला अदालतको न्यायाधीश रहेका गिरीलाई पक्राउ गर्न मंगलबार सोही अदालतले आदेश दिएको छ। गिरी कपिलवस्तु अदालतबाट गत महिना न्याय परिषद्मा सरुवा भएका थिए।
विश्वबजारको मूल्य हेरेर अड्कलका आधारमा सञ्चालन गरिने ‘कमोडिटी बजार’का लागि नेपालमा कसैले अनुमति पाएको छैन। तर, दशकयता राज्यसंयन्त्रकै जानकारीमा भइरहेको यो ‘कारोबार’बाट सर्वसाधारणले अर्बौं गुमाएका छन्।
विश्व बैंकका अनुसार आयातमा लगाइएको प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलनका कारण सरकारी खर्च खुम्चिँदा यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुनेछ।
कोरोना संक्रमण बढ्न थालेपछि सावधानी अपनाउन भन्दै सर्वोच्च अदालतले वकिलहरूलाई भर्चुअल बहस गर्ने स्वतन्त्रता दिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा मुद्दा नचलाउनुको कारण देखाउन आदेश जारी गरेको छ।
ट्विटरले क्यानडियन राजनीतिक नेता जगमित सिंह, क्यानेडियन कवि रूपी कौर, कतिपय भारतीय पत्रकार र सांसदहरूसहित १२० जनभन्दा बढीको ट्विटर अकाउन्ट ब्लक गरेको छ।
सरकारलाई निश्चित रकम तिर्ने गरी प्रमुख व्यापारिक नाकामा बनेका संरचना सन्चालनको जिम्मा निजी कम्पनीहरूलाई दिइएको छ। ती संरचनाको स्वामित्व लिएको सरकारी समिति भने अब नियामक निकाय भएको छ।
अदालतबाट छुटेपछि ट्रम्प सिधै फ्लोरिडास्थित निवास मार ए लागो गएका थिए। त्यहाँ शुभचिन्तक र पत्रकारसँग ट्रम्पले आफूमाथि मुद्दा लगाउने सरकारी वकिल अल्भिन ब्रागप्रति कटाक्ष गरेका थिए।
जनतालाई राहतको महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने प्रधानमन्त्री दाहालको भनाइ छ।
बुधबार छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
रिट निवेदनमा रविलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ। अन्तरिम आदेश जारी भएमा उनको उम्मेदवारी खारेज हुनेछ।
शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू कमजाेर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आराेहण गर्न लागेकाे बुढागरले बताएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल गर्न माओवादीले बुधबार अपरान्ह ४ बजे पदाधिकारीको बैठक बोलाएको छ।