मुख्यमन्त्री यादवले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।
अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ।
एक लाख पाँच हजार २४८ जना मतदाता रहेको बारा–२ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।
धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको निर्वाचन आयोगले जनाएको छ।
पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।
'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।
लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।
शनिबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ।
महाकालीपारि भारतीय सडक प्रयोग गरेर घर फर्किंदै गरेकी आमालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा नदीमा खसेका थिए।
अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।
प्रधानमन्त्री दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रहेको बताएका छन्।
दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरूलाई मान, सम्मान गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन्।
भारतीय स्मार्टफोन प्रयोगकर्तालाई आकर्षित गर्ने रणनीति एकातिर छ भने अर्कोतिर अमेरिका र चीनबीचको बढ्दो दूरीका कारण चीनको निर्भरता कम गर्ने पक्षमा एप्पल रहेको बताइन्छ।
बाँकको भेरी अस्पताल नेपालगन्जमा कोभिड–१९ भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ छ।