AnonymousUser

Logout

एन्फा महासचिव राईको स्वीकारोक्ति : फुटबल संस्कृतिको विकास गर्न सकेनौँ

एन्फा महासचिव राईले फुटबल संस्कृतिको विकास गर्न नसकिएकै कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिक समस्या झेलिरहनु परेको बताएका छन्।

निर्वाचन खर्च ७ अर्ब, बाँकी रकम फिर्ता गर्ने तयारीमा छौँ : आयोग

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिक प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएकालाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए।

वन्यजन्तुको चोरीसिकारीमा प्रदेशका दुई सांसदकै संलग्नता पुष्टि, ४९ जना दोषी ठहर

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।

मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी

कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार तीन हजार पाँच सयमा बिक्री हुन्छ।

यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिपको प्रारम्भिक टोलीमा २८ खेलाडी

प्रतियोगिताका लागि एन्फाले सातदोबाटोस्थित मुख्य कार्यालयको मैदानमा खुला छनोटमार्फत खेलाडी छनोट गरेको थियो।

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ।

हङकङले ५ लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने

हङकङ जाने र आउने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो।

प्रशिक्षणका लागि मैदान अभाव भएकाे भन्दै यू–१९ टोली पोखरातर्फ

यू–१९ टोलीका मुख्य प्रशिक्षक टमाटाले सिनियर टोलीलाई मैदान चाहिने भएपछि आफूहरू थप प्रशिक्षणका लागि पोखरा हिँडेको बताए।

घनश्याम भुसाल चढेको गाडी बानेश्वरमा दुर्घटना

घनश्याम भुसाल चढेको गाडी सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। उनलाई निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ।

उद्योगीको अस्वाभाविक मागले भारतबाट आएन पर्याप्त गहुँ, मैदाको मूल्य अचाक्ली

आवश्यक परिमाणमा कोटा तोकेर निर्यात गर्न भारतले प्रस्ताव गरे पनि नेपालका उद्योगीहरूले अस्वाभाविक माग गर्दा पर्याप्त गहुँ आयात हुन सकेको छैन। यता, कच्चा पदार्थ अभावले उद्योगहरू बन्द हुन थालेका छन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख खर्च

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको बताएका छन्।

सर्वोच्चले माग्यो सन्दीपलाई धरौटीमा छाड्नुको कारणसहितको कैफियत प्रतिवेदन

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सन्दीपलाई धरौटीमा छाड्नुको कारणसहितको कैफियत प्रतिवेदन माग गरेको छ।

प्रतिनिधिसभा सदस्य अरुण चौधरी कारागार चलान

जिल्ला अदालत कैलालीले छ महिना कैद भुक्तानका लागि प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई कारागार चलान गरेको छ। 

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ। 

झापामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

झापाको शिवसताक्षी–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा ना३ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पर्सा, रौतहट र बाराका ४५६ परिवारलाई पक्की घर  

जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार ८२ वटा घर निर्माणको अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन कार्यालय पर्साले जनाएको छ। 

स्पेनिस ला लिगा :  रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित

रियल मड्रिड १९ खेलबाट ४५ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ। 

नदीमा छाडियो प्रजनन केन्द्रमा हुर्किएका २० गोही 

चितवन राष्ट्रिय निकुञ्जले हालसम्म एक हजार ७१२ गोही प्राकृतिक वासस्थानमा छाडिसकेको छ।

प्रदेश १ र गण्डकीमा आंशिक बदली, तराईमा बिहानैदेखि हुस्सु

तराईमा बिहानीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

विनोद र शरद प्रारम्भिक टोलीबाटै बाहिरिए, सन्दीप भित्रिए

नेपाली राष्ट्रिय क्रिकेटको प्रारम्भिक टोलीबाट विकेटकिपर शरद भेषवाकरसहित १० खेलाडी बाहिरिएका छन्।