मन्त्रिपरिषद् बैठकले जापानले मानव संसाधन विकास छात्रवृत्तिका प्रदान गर्ने ४१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्नेसमेत निर्णय गरेको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार अचानक जनमत र माओवादीले लिएका मन्त्रालय खोसेर दुई मन्त्री र राज्यमन्त्रीलाई बिनाविभागीय बनाएपछि मधेश सरकारका साझेदार दलबीच खटपट शुरू भएको छ।
लिगमा ६ खेल बाँकी रहँदा पुछारका २ टोली र माथिल्ला ३ टोलीबीच २ अंकको मात्रै अन्तर भएपछि रेलिगेशन जोन रोमाञ्चक बनेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख रुपैयाँ ठगी भएको भनी ११३ जनाले २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३–० को सोझो सेट पराजित गर्दै नेपाल सेमिफाइनमा पुग्न सफल भएको छ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले मंगलबार शेयर बजारमा हरियाली छाएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।
भूगोल, अर्थतन्त्र, खुला सिमाना र जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रकुमार महतोलाई वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका छन्।
नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ।
अथाह सम्भावना भएर पनि पछाडि परेको सुदूरपश्चिम प्रदेशलाई आगामी बजेटमा विशेष प्राथमिकता दिन मुख्यमन्त्री शाह नेतृत्वको टोलीले अनुरोध गरेको छ।
बजेटपूर्व हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान गर्न नसक्ने अध्यक्ष तिनिल्सिनाको दाबी छ।
रास्वपा सांसद स्वर्णिम वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएकाले यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
एन्फा चरम आर्थिक संकटमा पुगेपछि एएफसी यू–२३ एशियन कप छनोट नखेल्ने भएको छ। आगामी महिना हुने साफका लागि भने बजेट व्यवस्था गरिएको छ। तर, 'बी' डिभिजनलगायत घरेलु प्रतियोगिता अनिश्चित भएका छन्।
काठमाडौँ महानगरपालिकाले सिंहदरबारको पश्चिमगेट अगाडि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको छ।
धितोपत्र बोर्ड सञ्चालन समितिको बैठकले आशयपत्र पाएका ४३ मध्ये सात कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ।
चैतेधानलाई भन्दा वर्षे धानलाई महत्त्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको स्थानीय सीता जिसी बताउँछिन्।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
कामीरिताले यो सिजनमा ६ दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। अर्का आरोही पासाङ दावाले २७औँ पटक नै सगरमाथा आरोहण गरेर कीर्तिमान बारबार गरेपछि कामीरिता २८औँ पटक शिखरमा पुगेका हुन्।