‘ए’ डिभिजन लिगमा थ्री स्टारले एपीएफसँग बराबरी खेल्दा अर्को खेलमा आर्मीलाई सातदोबाटोले पराजित गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्।
एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ।
दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ।
भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।
सरकारले सहकारीमा राखेको बचत फिर्ता गरिदिनुपर्ने माग राख्दै बचतकर्ताहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।
नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।
गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हो। उनको परिचय खुल्न सकेको छैन।
शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ।
मध्यप्रदेशको इन्दौरमा टाटा कम्पनीको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पनि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन्।
लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ।
सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।
हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ।
धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ वर्षीया मुना राई र उनका छोरा सचिनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।
सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।