AnonymousUser

Logout

सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति नभए बहुमतबाट प्रदेशको नामकरण हुने बताएका छन्।

मधेशमा ‘लेखनाथ साहेबको दरबार’, अझै छ अस्तित्वमा

कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ

अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।

रास्वपासँग कुरा हुँदै छ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय माग गरिरहेको रास्वपासँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्छौं: माओवादी केन्द्र

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने, सहमति हुन नसके विचार मिल्ने पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ।

विद्युतीय चुलो प्रवर्द्धन गर्न राष्ट्रिय कार्ययोजना तयार

देशभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ।

बलात्कारका अभियुक्तलाई प्रशिक्षणमा बोलाइएपछि क्रिकेट संघविरुद्ध प्रदर्शन (तस्वीरहरू)

बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाएपछि काठमाडौँमा क्यानविरुद्ध विरोध प्रदर्शन गरिएको छ।

सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा छ : माधव नेपाल 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई 'वाम–दक्षिणपन्थी खिचडी गठबन्धन'को संज्ञा दिएका छन्।

अमेरिका चीनसँग युद्धको तयारी गरिरहेको छ? 

सन् २०२४ मा ताइवान र अमेरिकामा हुने चुनाव चीनका लागि युद्धको कारण र अवसर दुवै बन्नेछ। सन् २०२५ भित्रै चीनले ताइवानमा आक्रमण गर्ने र चीन–अमेरिका युद्धको शुरूआत हुने अमेरिकी अधिकारीहरूकाे दाबी छ।

द्रुतमार्गबारे सेनाले भन्यो– खोकनाको विवाद सुल्झाउन राजनीतिक पहल आवश्यक

द्रुतमार्गका लागि हालसम्म चार हजार ७८० रोपनीको मुआब्जा विवरण भइसकेको छ। आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको ३९२ रोपनीको भने मुआब्जा वितरण हुन सकेको छैन।

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ।

वडाको योजना : खाली जग्गा लिजमा लिएर किसानलाई दिने

दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार पाँच कट्‌ठाका दरले जग्गा दिने योजना ल्याएको छ। 

यू–२० महिला साफ च्याम्पियनसिप : नेपाल पहिलो  खेलमै पराजित

दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ। 

आजको मौसम : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

सांसदको गिरफ्तारी सरकारलाई समर्थन गराउने षड्यन्त्र : नागरिक उन्मुक्ति

राजनीतिक सहमतिबाट समाधान भइसकेको मुद्दामा सांसद चौधरीलाई पक्राउ गरी सुदूरपश्चिम सरकारलाई विश्वासको मतका लागि दबाब दिन खोजिएको नागरिक उन्मुक्ति पार्टीको बुझाइ छ।

‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन’

उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानी लगायतका तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए।

मलेसियामा रहेका नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री दाहालले नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।

बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

इथियोपिया लैजाँदै गरिएका १२ नेपाली महिलालाई भारतको जयपुर विमानस्थलबाट फर्काइयो

उनीहरूलाई नेपालबाट भारत पुर्‍याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।