मुलुकमा व्याप्त कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
बाह्रबिसे– तातोपानीखण्डको २४ किलोमिटर सडकमा बढी जोखिम छ। भत्किएको सडक मर्मतमा सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ।
म्याग्दीमा यसवर्ष १२ हजार किलो मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गतवर्ष १७ हजार ६०० किलो उत्पादन भएको थियो।
मुम्बईले लखनऊलाई हराएको खेलमा तीव्र गतीका युवा बलर आकाश मधवालको विषेश भूमिका रह्यो। उनले ३.३ ओभरमा ५ रन दिएर महत्वपूर्ण ५ विकेट लिए।
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको भनाइ छ।
नक्कली शरणार्थी प्रकरणमा मुद्दाको अभियोजन नहुँदै मिसिलमा संलग्न प्रमाणको डिजिटल कपी बाहिरिएको घटनाले प्रहरीमा नेतृत्वलाई ‘कू’ गर्न खोज्ने यसअघि पनि देखिँदै आएको प्रवृत्ति दोहोरिएको टिप्पणी भइरहेको छ।
सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ।
बाढीले हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ। सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्।
एमए चिदम्बरम क्रिकेट रंगशालामा मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊले १६.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता भएसँगै अब अदालती प्रक्रिया शुरू हुनेछ। पहिलो चरणमा अभियुक्तहरूको वयान हुनेछ। त्यसपछि सुनुवाइ र थुनछेक आदेशको बाँकी प्रक्रिया अघि बढ्नेछ।
फुटबल समर्थकले सामान्य प्यारापिटमा एन्फाको विरोधमा प्रदर्शन गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई भने भीभीआईपी प्यारापिटबाट खेल हेरिरहेका थिए।
जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।
उनीहरू माइतीघरबाट राज्यसँग कैयौँ प्रश्न गर्दै रुकुम हत्याकाण्ड सम्झेर फर्किए। राज्यबाट न्याय खोज्ने आफूहरूको साझा संघर्ष जारी रहेको जनाउ उनीहरूले सँगै उभिएर दिए।
पक्राउ परेकाहरूबाट राजस्व विभाग लेखेको स्टिकरका साथै सिग्नेचर, ओल्ड दरबार, एटएटफोरएट, गोल्डेन ओकका खाली बोतल बरामद गरेको प्रहरीले जनाएको छ।
मछिन्द्रले जावलाखेल यूथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै मछिन्द्रले २१ खेलमा ३५ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका १४ फरार प्रतिवादीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान गरेर थप पुरक निवेदनहरू अदालतमा दर्ता गरिनेछ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई बजेट दिएर खरिद गर्न लागेको रासायनिक मल भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आएपीएल)मार्फत् प्रतिबन्धित देश इरानबाट आयात हुन लागेको प्रमाण उकालोलाई प्राप्त भएको छ।
लिगमा एनआरटी र आर्मीले पहिलो खेल ३-३ गोलको बराबरी खेलेका थिए। दोस्रो खेलमा बाजी मार्दा एनआरटी २१ खेलमा २६ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। आर्मी पाँचौँ स्थानमा यथावत् छ।
सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता कुवेर कडायतले विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा आईजीपीको नाम जोड्नु निन्दनीय भएको जनाएका छन्।