सांसद भट्टराईले हालसम्म सरकारी दस्ताबेजमा उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै असन्तुष्टि जनाए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुरू प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको १३ दिनपछि बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जुले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा भेट गरेकी छन्।
हिपको शल्यक्रियापछि करिअर नै टुंगिने स्थितिमा पुगेका मुर्रे पुनरागमन गरे पनि ग्रास कोर्ट सिजनलाई प्राथमिकता दिन फ्रेन्च ओपन नखेल्ने भएका हुन्।
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँमध्ये सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ।
खानी तथा भूगर्भ विभागले खनिजजन्य उद्योग प्रवर्द्धनका लागि फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतालस गर्न अनुमति दिएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल असिम मुनिर आफूविरुद्ध लागेको र केही दिनअघि आफूलाई पक्राउ गर्ने आदेश पनि उनैले दिएको आरोप लगाएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूविरुद्ध ठगी, संगठित र राज्यविरुद्धको अपराधसहित केहीलाई अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन सिफारिस हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भूभागमा वर्षा र कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाका व्यवस्था अनुसन्धानकर्मी र पीडित पक्षको हितमा नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्नसक्ने बताउँछन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताएका छन्।
‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्रले एनआरटीलाई पराजित गरेको छ। ओलाओले अफिज र शौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई जित दिलाए।
लगातार ६ खेलमा पराजय बेहोरेपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिए। त्यसपछिका चार खेल प्रशिक्षविहीन खेलेको मनाङले पछिल्लो पटक आर्मीविरुद्ध जित हात पारेको थियो।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात भएको छ।
बार्सिलोनाले सर्जियो बुस्केट्सको स्थानमा जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ। उनको बजार मूल्य करिब ८० मिलियन युरो छ।
आवश्यक तयारी पूरा नभएपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाउने भएको छ।
उच्च अदालत पाटनले पृथ्वी मल्लले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराउँदा पीडितको ज्यान गरेको ठहर गर्दै उनलाई चार वर्ष कैद सजाय सुनाएको छ।