अस्ट्रेलियामा इन्डोनेसिया, बेलायत र मलेसियाका नागरिकले भन्दा धेरै घरजग्गा नेपालीले किनेका छन्। पछिल्लो वर्ष यसका लागि नेपालीले २० करोड अमेरिकी डलर अर्थात्, २६ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च गरे।
करिब तीन महिनादेखि चलिरहेको हमास–इजरायल युद्धका कारण आकर्षक श्रम गन्तव्य देश इजरायमा नेपालले कामदार पठाउन रोकेको छ। तर भारतलगायत देशले धमाधम कामदार पठाउन थालेपछि नेपालको कोटा गुम्नसक्ने देखिएको छ।
परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीहरूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्।
ती रोजगारदाताहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएका छन्। जुन् यूएईको कानून विपरीत छ।
वैदेशिक रोजगारीबाट फर्केर नेपालमा आफ्नै व्यवसाय थालेका तर त्यसमा घाटा भएर पुनः वैदेशिक रोजगारीमै फर्किन खोज्नेको संख्या २० प्रतिशत रहेको छ।
मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या सधैँ धेरै हुने तर यो वर्ष अहिलेसम्मकै धेरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले बताए।
दुर्घटनापछिको उपचार खर्चमध्ये बाँकी डेढ करोड रुपैयाँ तिर्न नसकेर स्वदेश फर्कने अनुमति नपाउँदा रोल्पाका बालकुमार ओली संयुक्त अरब इमिरेट्स (यूएई) मा 'बन्धक' बनेका छन्।
उनीहरूले अध्यागमन कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर ३०० जनालाई भिजिट भिसामा विदेश पठाएको प्रहरीले जनाएको छ।
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
रुसले नयाँ कानून बनाएर विदेशीलाई समेत ‘कन्ट्र्याक्ट आर्मी’मा भर्ती गरिरहेको छ। आकर्षक तलब र एक वर्षपछि त्यहीँको नागरिकता पाउने लोभमा नेपाल, भारत, बांग्लादेश, क्युबालगायत देशका नागरिक भर्ती भइरहेका छन।
उनले अमेरिका जान जनही ४५ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक तीन लाख रुपैयाँ तलब हुने प्रलोभन देखाएका थिए।
उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।
कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल भन्छन्– ‘कतारसँग हाम्रो सम्बन्ध राम्रै हो, तर कतार सरकारको पनि आफ्नै कूटनीतिक सीमा होला। त्यही भएर हाल चलिरहेको प्रक्रियाबारे जानकारी नगराएको हुनसक्छ।’
पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।
पर्वतको कुस्मा–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।
एनआरएनएको अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनलाई बेलायतका विनय अधिकारी र जापानका विष्णु बानियाँले समर्थन गरेका छन्।
महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने याेजना पुडासैनीको छ।
तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्।