AnonymousUser

Logout

ढोरपाटन जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब

मध्यपहाडी लोकमार्गको बागलुङखण्डको विकल्प मानिएको सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का खुलाएको छ।

सिस्नोबाट कपडा बुनेर स्वरोजगार बन्दैछन् दामनका महिला

थाहा नगरपालिका दामनका महिला तरकारीको मौसम सकिएपछि वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन्।

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिएको छ। विद्युत्‌गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ।

पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्न अर्थको परिपत्र

बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ।

दूरसञ्चार रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँड्नुपर्नेमा जोड

सरोकारवालाले दूरसञ्चारका लागि फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्राकृतिक स्रोत भएकाले प्रदेश र स्थानीय तहलाई पनि बाँड्नुपर्नेमा जोड दिएका छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १४ अर्ब २८ करोडको शेयर कारोबार

आइतबार ७५ अंकले बढेको नेप्से परिसूचकमा सोमबार भने १३ अंकको गिरावट देखिएको छ।

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो।

नेप्से परिसूचकमा ७५ अंकको वृद्धि, १४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ७५.२४ अंक अर्थात् २.६७ प्रतिशतले बढेर २८९०.२८ को बिन्दुमा कामय भएको छ।

वीरगन्जबाट ७ महिनामा ८ अर्ब ६८ करोडको धान–चामल आयात

आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात मिहनाको तुलनामा यस वर्ष धानको आयात ७२ प्रतिशतले वृद्धि भएको छ।

तयार भयो ‘बजेट क्यालेन्डर’, करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

मन्त्रालयहरूले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकको विवरण आगामी चैत १ गतेदेखि चैत २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नुपर्नेछ। 

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने

काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्। दुवै सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

आलुखेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

पावर टिलरको सहायताले आलु रोप्नदेखि निकाल्दासम्म सजिलो भएको छ। हप्ता दिनसम्म लाग्ने गरेको काम एक–दुई दिनमै सकिने गरेको किसान बताउँछन्।

न्यून प्रस्ताव परेपछि योजना आयोगले थप्यो समपूरक र विशेष अनुदान माग गर्ने समय

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेश गर्ने समयावधि थपेको छ।

तोलामा २ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।

सुनसरीमा हावाहुरीबाट केराखेतीमा क्षति, किसान निराश

असिनापानीसँगै आएको हावाहुरीले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुर्‍याएको छ।

आगामी आर्थिक वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्नका लागि समिति गठन गरेको छ।

चीन पुग्न थाल्यो ओलाङ्चुङगोलामा बुनेको गलैँचा

कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन। नाका खुलेसँगै व्यापार व्यवसाय गर्न सहज हुन थालेको स्थानीयले बताएका छन्।

सरकारी ऋण उठाउन साढे तीन अर्बको बचतपत्र निष्कासन

सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ।

आधारभूत अस्पताल निर्माण: घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन्। पाँच अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा छन्।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

विद्युतीय सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार ६० प्रतिशत कायम गरिएको छ।