AnonymousUser

Logout

कागबेनी बाढी: करिब १ अर्ब रुपैयाँ बराबरको क्षति

साउन २८ को बाढीले घर, पुलसहितका भौतिक संरचना, स्याउ बगैँचा, सिँचाइ कुलो, पशुचौपाया र खेतीयोग्य जमिनमा क्षति गरेको छ। 

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८०० देखि एक हजार १०० लिटरसम्म दूध संकलन हुन्छ। त्यसबाट २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ। 

अर्थमन्त्री–गभर्नर सम्बन्धमा फेरि पनि दरार 

साउन २८ को काण्डसँगै अर्थ मन्त्रालयको टिम नै गभर्नरसँग चिढिएको छ। अर्थतन्त्रका सूचकहरूमा सुधारसँगै मन्दी छाएको बेला सकिनेजति पनि खुकुलो नभई गभर्नरले राजनीति गरिरहेको निष्कर्षमा उनीहरू पुगेका छन्।

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै, सर्वसाधारणले पनि खरिद गर्न पाउने

अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ। ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

सडक हिलाम्मे भएपछि टिमुरमै रोकिए चीनबाट आयातित विद्युतीय सवारी

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्सार कार्यालयले जनाएको छ।

पर्यटक घटेपछि संकटमा हात्ती सफारी, घाटा बेहोर्दै व्यावसायी

चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहामा २० वर्षअघि हात्ती पाल्न थालिएको थियो। तर, यहाँ आउने पर्यटक घटेसँगै व्यावसायीले हात्ती बेच्न थालेका छन्। 

३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

सिरहाको भगवानपुर गाउँपालिकामा १८ महिनामा सक्नेगरी २०७४ असोज ६ सबस्टेसन निर्माणको ठेक्का लागेको थियो। तर, ठेकेदारको ढिलासुस्तीले तस्रोपटक म्याद थप्दासमेत पूरा भएको छैन।

घट्यो वैदेशिक व्यापार

मुलुकको वैदेशिक व्यापारमा मुख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमासमेत प्रमुख आयात हुने वस्तुमा परेको छ।

आकासिँदो मूल्यवृद्धिको मारमा उपभोक्ता, कालोबजारीमाथि नियन्त्रण गुमाउँदै सरकार

कतिपय वस्तुमा कालोबजारीका कारण उपभोक्तामूल्य अनियन्त्रित छ। सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने आयातमा आधारित अर्थतन्त्र भएकाले बजार मूल्यमाथि पूर्ण नियन्त्रण गर्न नसकिने बताउँछ। 

दुई अर्ब ३७ करोड रुपैयाँ विद्युत् बक्यौता उठाउन बाँकी

हेटौँडा वितरण केन्द्रकाअनुसार विद्युत् बक्यौता नतिर्ने शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको छ।

तिप्लिङको स्याउले बजार पाएन, चिस्यानकेन्द्र नहुँदा कुहिएर जाने चिन्ता

धादिङको रुविभ्याली गाउँपालिका–१ स्थित मचेत गाउँमा स्याउखेती फस्टाएको छ। तर, झरीका कारण यातायात ठप्प हुँदा उत्पादित स्याउ बजार पुर्‍याउन समस्या भएको छ।

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ३३ करोडको कारोबार

मंगलबार १८१ कम्पनीको शेयरमूल्य बढ्दा ४२ कम्पनीको घटेको छ। नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक हरियो देखिएको छ।

सरकार विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउन लागेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताए।

गैँडाकोटको बसेनी गाउँ: पाखोबारीमा सुन्तला लगाएर व्यावसायिक बन्दै किसान

गैँडाकोटको बसेनी गाउँ १५ हजार सुन्तलाको बोटले हराभारा भएको छ। भिरालो र नांगो जमिनमा पनि किसानले व्यावसायिक रूपमा सुन्तला लगाएका हुन्। 

प्याजमा कालोबजारी : पाँच व्यापारीलाई कारबाही, चारमाथि अनुसन्धान चल्दै

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० पुगेको थियो।

नेप्से दोहोरो अंकले घटेर १९९८.२८ विन्दुमा सीमित

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको आठ करोड दुई लाख ४७ हजार २३४ मूल्यमा कारोबार भयो।

२०२० सालदेखिकै बेरुजु फर्स्योट हुन बाँकी छ : कार्यवाहक महालेखा परीक्षक काफ्ले

कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको र त्यो वर्षाैंदेखिको फर्स्योट हुन नसकेको बताएका छन्।

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत महसुल, नेपालसहित एशियाली देशमा मूल्य बढ्ने

नेपाली भान्सामा प्रयोग हुने प्याज ठूला परिमाणमा भारतबाट भित्रिने गरेको छ। नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख मूल्य बराबरको प्याज आयत गरेको भन्सार विभागको तथ्यांक छ।

आइतबार २९ कम्पनीको शेयर मूल्य बढ्दा १९० कम्पनीको घट्यो

आइतबार सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७२.७३ र जीवन बीमा समूहको उपसूचक १३४.९० अंकले घटेको छ।

जलविरे झरनामा आन्तरिक पर्यटकको घुइँचो,  २८ लाख राजस्व संकलन

झरना हेर्न मात्र होइन, क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशी पर्यटकसमेत यहाँ आउने गरेका छन्। झरना क्षेत्रमा कोसेली घरसमेत निर्माण गर्ने तयारी छ।