AnonymousUser

Logout

लगातार उकालो लागेको सुनको मूल्य बिहीबार स्थिर 

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम छ। यो बुधबार कायम रेकर्डको स्थिर मूल्य हो।

कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

उखु उत्पादन गरेर नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई सरकारले अनुदान दिँदै आएको छ। तर, कञ्चनपुरका किसानले गत वर्षको अनुदान नै पाएका छैनन्।

ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्‍याएको छ।

मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिँदै

व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले कम्पनीको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटाले जनाएको छ।

शेयर बजार १८७६ विन्दुमा झर्‍यो, कारोबार रकम १ अर्बमा सीमित

मंगलबारको तुलनामा बुधबार नेप्से ०.९४ प्रतिशत अर्थात् १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ।

अर्थमन्त्रीकै असहमतिबीच नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अघि बढाउने हतारो

अर्थ मन्त्रालय असहमत हुँदाहुँदै नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रिया अघि बढाउन आफ्नो कार्यकालको मुख्य अजेन्डा यसैलाई बनाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल हतारिएका देखिन्छन्।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए।

पूर्वी नाकाबाट २ अर्ब ५९ करोडको चिया र सवा अर्बको अलैँची निर्यात

पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपका बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्। पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ।

सुनको मूल्य हालसम्मकै उच्च 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

अर्थतन्त्र चलायमान बनाउन सामाजिक सुरक्षा कोषमा संकलित रकम उत्पादन र पूर्वाधारमा लगानी गरौँ : निजी क्षेत्र

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताएको छ।

सोमबार नेप्सेसँगै घट्यो कारोबार रकम

आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ।

घरेलु तथा साना उद्योग प्रवर्धनका लागि छुट्टै विकास बैंक आवश्यक: पूर्वअर्थसचिव ढुंगाना

ढुंगानाले घरेलु तथा साना उद्योगसम्बन्धी ऐनमा धेरै अस्पष्टताहरू रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मिटरब्याजसम्बन्धी ४३८ उजुरी फर्छ्योट

अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।

सरकारले वैशाख ९–१० गते तेस्रो लगानी सम्मेलन गर्ने

अर्थमन्त्री डा. महतले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्‍याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको बताए।

आइतबार नेप्सेमा उच्च अंकको वृद्धि, २ अर्बमाथिको कारोबार

आइतबार छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

लमजुङमा रोगले सुन्तला सखाप, पलायन भए किसान

२० वर्षयता ‘ग्रिनिङ’ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका छन्।

प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य 

शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ।

४ महिनामा डेढ अर्बको चिया निर्यात

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ। त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन हुन्छ।

कोशीमा प्रतिस्थापन बजेट विधेयक पारित

मुख्यमन्त्री कार्कीले समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको दाबी गरे।

एक खर्ब १३ अर्ब कर बक्यौता उठ्न बाँकी, साढे पाँच हजार करदाता मुद्दा मामिलामा

सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको संख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ।