AnonymousUser

Logout

उखु किसानलाई दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने सरकारको निर्णय

सरकारले उखु किसानहरूलाई भुक्तान गर्न बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

नेप्से २७.७५ अंकले बढ्यो, पाँच अर्बमाथिको कारोबार

आइतबार नेप्से २७.७५ अंकले बढेर २०२२.३५ को बिन्दुमा कायम भएको छ। ११ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अन्तरमन्त्रालय समन्वयमा समस्या छ: भौतिक पूर्वाधारमन्त्री

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला मन्त्रालयगत समन्वयमा अभावका कारण अर्थ, कानून र वन मन्त्रालयमा गएका फाइलहरू त्यहीँ अड्किने गरेको बताउँछन्।

पाँच महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

सरकारले मंसिर मसान्तसम्म आम्दानीभन्दा खर्च बढी गरेको देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए।

एफपीओ र मर्जर गेनबाट करिब १३ अर्ब कर संकलन

‘एफपीओ’को ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्यकोषमा कर दाखिला भएको छ।

अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया

कर्णाली चिसापानी जलाशयमुक्त आयोजनाको विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन र विस्तृत इन्जिनियरिङ डिजाइन प्राधिकरणमार्फत गराउन स्वीकृति प्रदान गरिएको छ। 

चोभारमा क्यानओपी जिपलाइन सञ्चालनमा

क्यानओपी जिपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ।

कोदो र फापर फलाउने किसानलाई अनुदान

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा २६६ किसानले कोदो रोपेका र त्यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ।

चितवनको चिउरी पाखा: जहाँ चर्छन् ३० हजार घारका मौरी

जंगली फूलमा विषादी नहुने भएकाले चिउरीमा मौरी चराउने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरू देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने किसान बताउँछन्।

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालयमा पेट्रोल लिटरको १६७ रुपैयाँ तथा डिजेल मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ।

पेचिलो बन्दै उखुको मूल्य निर्धारण : चिनी मिललाई ‘क्रसिङ’को चिन्ता, आन्दोलनको तयारीमा किसान

किसान, चिनी मिल र कृषि मन्त्रालयका अधिकारीबीचको छलफल निचोडमा पुग्न नसक्दा अहिलेसम्म उखुको समर्थन मूल्य निर्धारण हुन सकेको छैन। मूल्य निर्धारण नहुँदा चिनी मिलले ‘क्रसिङ’ गर्न पाएका छैनन्।

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

निजी क्षेत्रमार्फत सञ्चालनमा आयो चोभार सुख्खा बन्दरगाह

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए।

एकैदिन २०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, प्याज घट्यो

बिहीबार प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो शुक्रबार २०० ले बढेर ८०० रुपैयाँ पुगेको छ।

बचत फिर्ता नगरेको भन्दै कान्तिभैरव सहकारीपीडित आन्दोलित

बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन्।

सुक्खा बन्दरगाहमा बेवारिसे २१८ कन्टेनर मुचुल्का उठाएर खोलिँदै, शुरूआती ५८ वटामा प्रतिबन्धित छोकडा भेटियो

पाँच वर्षयता थुप्रिँदै गएका ती कन्टेनर अवैध सामान मगाएका व्यापारीले ‘भन्सारलाई मिलाएर’ वा ‘सरकारबाट खुला गराएर’ छुटाउन असफल भएपछि त्यत्तिकै छाडेको हुन सक्ने अनुमान गरिएको छ। 

चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति १०.२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब  ९६ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ भने विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

प्रतितोला २ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ। खेतीयोग्य जमिन घडरीमा परिणत हुन थालेको छ। पहाडको जग्गा पनि बाँझिन थालेका छन्।