AnonymousUser

Logout

राजस्व संकलन र पुँजीगत खर्चमा सुधार आएको अर्थमन्त्रीको दाबी

विदेशी लगानी गर्न कानूनमा अप्ठ्यारो र अव्यवहारिक भए सुधार्न सकिने तर मुलुकको विधि र कानून मानेर लगानी गरी त्यही विधि र कानून मान्दिनँ भन्ने एनसेएलको कुरालाई स्वीकार गर्न नसकिने अर्थमन्त्रीको भनाइ छ।

नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब ९० करोडको कारोबार

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

अलैँचीको मूल्य प्रतिमन ७० हजार, किसान उत्साहित

नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ। 

अर्थतन्त्रका सूचक सकारात्मक छन्: अर्थमन्त्री 

कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि आफूले नीतिगत र मौद्रिक पहल गरेको अर्थमन्त्री महतको दाबी छ।

किसानको दूध गाउँकै उद्योगलाई, उद्योगीको खुवा शहरतिर (भिडियो कथा)

ललितपुरको महाकांल गाउँपालिकामा सडक पुगेपछि धमाधम खुवा उद्योग खुले। किसानलाई दूध नबिकेर घिउ बनाउनुपर्ने बाध्यता भएन। कोम्रोङ र आसपासका किसान अहिले टिनमा घिउ बोकेर चापागाउँ धाउँदैनन्।

दोदा पुल: ८ वर्ष बित्यो, बन्ने निश्चित छैन

ठेकेदारले जिम्मा लिएको लामो समयसम्म पनि पुल नबन्दा स्थानीय निराश बनेका छन्। अब त पुल बन्नेमा आशंका हुन थालेको लालझाडी–४ का कृष्ण रानाले बताए।

३६.८६ अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोड रुपैयाँको कारोबार

सोमबार १५ अंकले घटेर ओरालो लागेको नेप्से आज १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा पुगेको छ।

प्लास्टिक र स्टिलको प्रयोग बढेसँगै चाेयाका सामग्री बिक्री हुन छाडे

पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको छ।

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै शुक्रबारे हाट

आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।

हतुवागढी ‘लिफ्टिङ’ आयोजना अन्तिम चरणमा, ८४८ परिवार लाभान्वित हुने

हेङ्‌माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।

नेप्सेमा सोमबार ४ अर्ब ८४ करोडको कारोबार

सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

लगानी सम्मेलनअघि ‘कन्ट्री रेटिङ’को काम गर्छौंः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए।

वैदेशिक रोजगारीबाट फर्केर सामूहिक माछापालन

वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन युवाले सामूहिक माछापालन गरेका छन्।

एनसेलको शेयर खरिद–बिक्रीबारे समितिले थाल्यो अध्ययन

एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानूनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गर्न गठित शर्मा संयोजकत्वको समितिले काम थालेको छ।

किनबेचपिच्छे विवादमा पर्ने एनसेलको आरम्भदेखिकै बदनियतको नालीबेली  

अपारदर्शी शेयर कारोबार एनसेलको विगतदेखिकै प्रवृत्तिको निरन्तरता हो। करछलीको मनसायले अवास्तविक मूल्यमा शेयर किनबेच गर्दै उसले अहिले पनि कानूनी शासनलाई चुनौती दिएको देखिन्छ।

गाउँमा करोडौँको सुन्तला, बाटो नहुँदा बजार पुर्‍याउन सकस

देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन निकै गाह्रो हुने गरेको किसानको भनाइ छ।

शेयर बजार ६ प्रतिशतले बढ्यो, कारोबार बन्द

नेप्से परिसूचकमा तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको छ।

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

गोलभेँडा बिक्री नभएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवाका किसान मारमा परेका छन्। गोलभेँडा बारीमै कुहिन थालेको उनीहरूको गुनासो छ।

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ जना पक्राउ

भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जनकारी दिए। 

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने, लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन भइरहेको बताएका छन्।