AnonymousUser

Logout

बजार अनुगमन गर्न वाणिज्य विभागका १३ टोली, ७० हजार किलो चिनी भएको गोदाममा सिल

वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन  गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।

नेपाल चेम्बर अफ कमर्स र 'सीसीपीआईटी'बीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ।

चिनीको माग धान्न सक्ने उद्योग देशमै, तर हरेक वर्ष आयातको भर

देशका १४ वटा उद्योगले माग धान्ने गरी चिनी उत्पादन नगरिरहेको बेला व्यापारीले पनि चाडबाडकै मुखमा आयात ह्वात्तै घटाएका छन्। सरकारले ढिलो गरी भन्सार सहुलियतमा चिनी ल्याउने तयारी गरेकाले मूल्य अकासिएको छ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि र भौतिक पूर्वाधार सुधार आवश्यक रहेको पनि उनले बताए।

दुई महिनामा दुई खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

नेप्से परिसूचक १९.४२ अंकले ओराले

अघिल्लो साता लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार भने ओरालाे लागेकाे छ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्र बनाइसक्नुपर्ने

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ। 

राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामको चाँदीको सिक्का बिक्री शुरू गर्‍याे

गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।

वर्षा र असिनाका कारण बागलुङमा घट्यो स्याउ उत्पादन

चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ढोरपाटन क्षेत्रमा मात्र २०० भन्दा बढी किसानले स्याउखेती गर्दै आएका छन्।

शेयर बजार: ४ दिनमा ७ अर्ब ३६ करोड बढीको कारोबार

सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा खरिदबिक्री भएको थियो।

आलुले बजार र मूल्य नपाउँदा मर्कामा किसान, लागतसमेत नउठ्ने चिन्ता

बागलुङका निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायत गाउँ  आलु उत्पादनका हिसाबले प्रख्यात मानिन्छन्। तर, उनीहरूको उत्पादनले बजार भने पाउन सकेको छैन। 

एडीबीले नेपाललाई १० करोड डलर सहुलियतपूर्ण ऋण दिने

नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ।

चाडपर्व लक्षित बजारमा आर्थिक मन्दीको मारः व्यापार घट्ने अनुमानमा आधाले आयात कटौती

बहुसंख्यक नेपालीले मनाउने चाडपर्व तीजदेखि छठसम्मको व्यापारले वर्षभरि धानिने गरेका व्यापारीहरू यसवर्ष भने आर्थिक मन्दीको मार खेपिरहेका छन्। अघिल्लो वर्षको तुलनामा आधाजति आयात घटाएको उनीहरू बताउँछन्।

लोमान्थाङमा सामूहिक आलुखेती, बारीबाटै बिक्री हुन्छ आलु

लोमान्थाङमा उत्पादन भएको आलु जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने हुने गरेको छ। व्यापारीले बरीमै आएर आलु खरिद गर्ने गरेका छन्। 

१४.२ किलोभन्दा बढीका सिलिन्डरमा ग्यास भरे उद्योगको कारोबार ३ महिना निलम्बन

केही उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएपछि निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणको भनाइ छ।

कर्जा सुरक्षा कोषले अर्थतन्त्रको कुचक्रलाई बदल्न भूमिका खेल्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउँदै अर्थतन्त्रमा ‘रिर्सोस’ आइरहेको बताए।

नेप्से ४४.३४ अंकले बढ्यो, जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

बिहीबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अर्थसचिव भन्छन्– अर्थतन्त्रका चुनौती सामना गर्न सकिन्छ

वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट अर्थतन्त्रमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने अर्थसचिव डा. कृष्णहरि पुष्करको भनाइ छ।

आहा! मनै लोभ्याउने फुङफुङ्‌गे झरना

फुङफुङ्‌गे झरना नजिकै लिम्बूबस्ती छ। पर्यटकका लागि त्यहाँका स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन्। त्यसैले झरना उनीहरूको आन्दानीको स्रोत पनि बनेको छ।