AnonymousUser

Logout

१६औँ योजना : ५ वर्षमा शतप्रतिशत साक्षरता, शिक्षामा बजेटको १७ प्रतिशत लगानी

उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५/८६ सम्म ३० प्रतिशत पुर्‍याउने १६औँ योजनाको मस्यौदामा उल्लेख छ।

उद्योगमा तत्काल बिजुली जोडिने, छानबिन गर्न उच्चस्तरीय आयोग गठन

मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।

२०.६२ अंकले बढेको नेप्सेमा ८ कम्पनीको शेयर मूल्यमा सर्किट

मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।

म्याग्दीको सिंगा ठूलोखोलामा सामूहिक आलुखेती

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।

नेप्सेमा ३६.५७ अंकको सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

सोमबार चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

लगानीको वातावरण सहज बनाउन ५ वटा कानून खारेज र ३ नयाँ बनाउन परिसंघको सुझाव

उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज बनाइ अर्थतन्त्र चलायमान बनाउन सरकारले पाँच वटा कानून खारेज गर्नुपर्ने र तीन वटा नयाँ कानून ल्याउनुपर्ने सुझाव दिएको छ।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

राखुगाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्।

नेप्सेमा २६.३६ अंकको गिरावट, ५ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर २०२२.९२ को विन्दुमा कायम भएको छ।

विवादास्पद किनबेचको महिना दिन कट्यो, सरकारी संयन्त्रलाई एनसेलको निरन्तर अटेरी*

यसबीच शेयर किनबेच सम्बन्धमा सरकारी नियमनकारी निकायलाई नै एनसेलले निरन्तर अटेरी गर्दै आएका कारण यस प्रकरणबारे संसदीय समितिहरूले सतहमा ल्याउन खोजेका विषयसमेत अहिलेसम्म ओझेलमै छन्।

अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गर्दा फरक वाणिज्य नीति अवलम्बन गर्न सरकारलाई विज्ञहरूको सुझाव

काठमाडौँमा शुरू भएको दुईदिने ‘डब्लुसीपी नेपाल– एआईबी साउथ एशिया कन्फ्रेन्समा विज्ञहरूले देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधान गर्न उत्पादन र बजारको विविधीकरण गर्नुपर्ने सुझाव दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी श्रीलंकाली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

अलैँचीको मूल्य ४ वर्षयताकै उच्च, प्रतिमन ८५ हजार पुग्यो 

गत साल पुसमा २८ हजार रुपैयाँ प्रतिमन बिक्री भएको अलैँची खहिले ८५ हजारमा बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण नेपालमा अलैँचीको मूल्य बढेको व्यवसायी बताउँछन्।

भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगी काठमाडौँमा

भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।

रोग किराको असर: लमजुङमा घट्यो सुन्तला उत्पादन

विभिन्न रोग कीराको आक्रमण तथा सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

डेटिकेडेट र ट्रंकलाइन विवादः प्राधिकरण र उद्योगी आ–आफ्नै अडानमा, आयोग पनि पन्छिँदै

उद्योगहरूले तिर्न बाँकी २२ अर्ब २४ करोड महसुल उठाएरै छाड्ने विद्युत् प्राधिकरणको दाबी छ। तर महसुल स्वीकृत हुनुभन्दा अघि र लोडसेडिङ अन्त्य भएपछिको बक्यौता नतिर्ने अडान उद्योगीहरूले छाडेका छैनन् ।

किसानको उत्साहमा पानी खन्याइरहेको आयातित बजार

झिमरुकमा उत्पादित कृषिउपजको बिक्रीस्थल छिमेकी माण्डवी गाउँपालिकाको चकचके बजार र प्युठान नगरपालिकाको बाग्दुला हो। तर दुवै व्यापारकेन्द्र बाहिरबाट आउने उत्पादनले भरिँदा स्थानीय किसानले बजार पाएका छैनन्।

‘आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा देश असहज अवस्था’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा देश सहज अवस्थामा नभएको बताएका छन्।

बिहीबार नेप्से ८.७१ अंकले घट्यो, ५ अर्ब ५८ करोडको कारोबार

नेप्सेका अनुसार बिहीबार कालिका पावर कम्पनी, सिंगटी हाइड्रो, नेपाल बेयर हाउस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको भाका सार्दै आरएस इन्फ्राप्रोजेक्ट

३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो हुने देखिएको छ।

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

भारतको संघीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सम्झौतामा हस्ताक्षर गरेका हुन्।