AnonymousUser

Logout

उपनिवेशले फैलाएका भ्रम चिर्ने पुस्तक र लेखक

पश्चिमाहरू पूर्वीयलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढिवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे अनि आफूलाई सभ्य र अभिजात ठान्थे।

उनीहरूलाई सम्झनुको अर्थ

जेठ पहिलो साता तीन कविको सम्झना गरियो। गोकुल जोशी र सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती तथा कृष्ण सेन 'इच्छुक'को स्मृति दिवस मनाइरहँदा उनीहरूले प्रतिरोधी चेतना फैलाउन गरेको योगदान पनि सम्झनुपर्छ।

कवि विमल गुरुङ स्मृति कृति पुरस्कारका लागि पुस्तक आह्वान

‘कवि विमल गुरुङ कृति पुरस्कार–२०७९’का लागि २०७९ सालमा प्रकाशित हरेक पुस्तक चार प्रति विमल गुरुङ स्मृति पुस्तकालयको ठेगानामा पठाउनु पर्नेछ। पुरस्कारको राशी २ लाख रुपैयाँ छ।

शब्दकोशमा भाँडभैलो : सच्चिएनन् जाति विशेषले अपमान ठानेका शब्द

प्रतिलिपि अधिकारसमेत विवादमा परेको प्रज्ञा प्रतिष्ठानको पछिल्लो शब्दकोशमा विभिन्न शब्दका जातीय तथा साम्प्रदायिक अपमान हुने अर्थ र परिभाषा सच्याइएको छैन। बरू, उल्टै केही विशेषण थपिएका छन्।

इतिहासमा उभिएको पेङ्दोर्जे र कवितामा विद्रोहको बारुद

मानव सभ्यता निर्माणको महाअभियानमा आफ्ना पुर्खाले निभाएको युगीन भूमिकालाई इतिहासबाटै गायब बनाइएपछि, इतिहासको मूलधारबाट आफ्नो राष्ट्रियतालाई गलहत्याइएपछि राजुहरूको नसामा आक्रोश चढ्छ। 

प्रज्ञा प्रतिष्ठानका निवर्तमान पदाधिकारी हाम्रो कामको विरोधमा छन्ः कुलपति राई

विचारको भिन्नतका कारण निवर्तमान पदाधिकारीहरूले वर्तमान नेतृत्वका कामहरूको विरोध गरिरहेको र फरक मत स्वीकार गर्न नसकेको कुलपति राईले बताएका छन्।

अदालतको आदेशपछि प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यलाई फेरि दोहोरो भत्ता

सर्वोच्च अदालतले प्रज्ञा प्रतिष्ठानलाई आजीवन सदस्यको भत्ता नरोक्न आदेश दिएपछि अन्य सरकारी निकायबाट पेन्सन सुविधा पाइरहेकाहरूले दोहोरो भत्ता लिन पाउने भएका छन्।

देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ।

को हुन् साहित्यको उन्नयनका अवरोधक?

धेरैतिरबाट साहित्यिक संस्थाहरूका बारेमा तीखा टिप्पणीहरू हुने गरेका छन्। पूर्वाग्रह र निहित उद्देश्य राखेर गरिएकाबाहेक अन्य टिप्पणीहरू महत्त्वपूर्ण छन्।

‘बर्बरतामाथि जरुर प्रश्न उठ्छ, उठिरहनुपर्छ’ 

मानिस सामाजिक प्राणी भएको हिसाबले हाम्रो समाज र इतिहासमाथि रुचि हुनुपर्छ र त्यो पढिनुपर्छ। ‘ऐँठन’ त्यस्तै समाजको साक्षी हो जो युद्धकालीन दिनसँग काँध जोड्दै बगेको छ।

उमाशंकर द्विवेदीः इन्जिनियरिङबाट नेपाली साहित्यमा फड्को, भोजपुरी लेखनमा योगदान

उच्च शिक्षाका लागि काठमाडौँ उमाशंकर द्विवेदी इन्जिनियरिङ् क्याम्पसमा भर्ना भए। फर्किँदा नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए। तर, उनको कलम भोजपुरी भाषामा चल्यो।

वैशाख १६ गते ‘लेखक दिवस’ मनाउन नेपाली लेखक संघको प्रस्ताव

नेपाली लेखक संघले वैशाख १६ गते ‘राष्ट्रिय लेखक दिवस’ मनाउन प्रस्ताव गरेको गरेको छ।

लोककथा संकलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।  

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ।

त्यो भाल्पोजोङ, यो नुवाकोट

नुवाकोट– पृथ्वीनारायण शाहले एकीकरण अभियान प्रारम्भ गरेको ठाउँ, नौ वटा कोटहरू मिलेर बनेको सामरिक महत्त्वको भूभाग, जहाँ एघारौँ शताब्दीमा तिब्बती योगी मिलारेपाले ठूलो धर्मसभा सम्पन्न गराएका थिए।

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।

दशबुँदे घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर महानगर र भारतको क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आयोजित महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूको उपस्थिति थियो।

बालकलाकार आश्विनी मानन्धरको एकल चित्रकला प्रदर्शनी

बालकलाकार आश्विनी मानन्धरको चित्रकथा ‘पिरामिडमा पान्डा’ लोकार्पण गरिएको छ।

रत्नमान गुरुङको ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखित ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ कृति सार्वजनिक भएको छ।

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।