ठाकुर बेलबासेलाई 'व्यथित काव्य सम्मान' तथा खेमनाथ दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान' प्रदान गर्ने निर्णय भएको हो।
प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ।
फागुन ३० गते सम्पन्न छनोट समितिको बैठकले एक लाख १० हजार रुपैयाँको उक्त पुरस्कार डा.परियारलाई प्रदान गर्ने निर्णय गरेको छ।
नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखन प्रशिक्षण सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो।
नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव फागुन १२ गतेसम्म राममन्दिर पार्कमा हुनेछ।
नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत्प्रवचन दिने छन्।
पोखराका पुस्तक पसल सञ्चालक पाठकले पुस्तकप्रति रुचि नराख्दा बिक्री घटेको बताउँछन्। तर लेखकहरू भने आर्थिक मन्दीमा पुस्तक बिक्री घट्दा पठन संस्कृति हराएको भन्न नमिल्ने जिकिर गर्छन्।
म भानुभक्त, घिमिरे, देवकोटाको कुरा गर्थें। लक्ष्मण सर बैरागी काइँला, श्रवण मुकारुङ, स्वप्नील स्मृतिको कुरा गर्नुहुन्थ्यो। म छन्दको कुरा गर्थें, उहाँ धमेन्द्रविक्रम नेम्वाङको रंगवाद सुनाउनुहुन्थ्यो।
दर्शनले नाकको सहाराले मोबाइलमा १८० वटा अंग्रेजी कविता लेखेका छन्। तीमध्ये ५० कविता समेटेर पुस्तक प्रकाशन गरे। जन्मदै मस्तिष्क पक्षघात भएका उनी अहिले विद्यालयको एउटा कोठामा बसेर कवितामा साधनारत छन्।
कमला कार्की स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र ज्येष्ठ नागरिकलाई जनही नगद १० हजार १ रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको छ।
लेखक दाहालले कोभिड महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको बताइन्।
नगद एक लाख रुपैयाँ राशी रहेको पुरस्कार तथा सम्मान चैतमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिनेछ।
भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ।
यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ।
यी पुरस्कार मंसिर ९ गते काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।
नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो।
झुपडबस्ती फराकिलो देखिन्छ। गगनचुम्बी भवनहरू एकाध, मानौँ ठिंग उभिएर मेरो सगरमाथालाई चुनौती दिइरहेका छन्। संरचनाको यो भेदले आर्थिक विभेदको सगरमाथा पनि ठड्याएका होलान् शायद!
पहिचान पुरस्कार कोषले २०७९ सालको पुरस्कारका लागि उत्कृष्ट ८ कृतिको सूची सार्वजनिक गरेको छ।
कविता संग्रहमा आधुनिक नेपाली समाजका विविध पाटाहरू झल्काउने ६४ वटा कविता समावेश गरिएको छ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।