२५ कविले शनिबार आयोजित महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।
युद्धपछिको समय स्थिर र शान्तिपूर्ण हुन्छ। यसकै आधारमा कतिपयलाई लाग्छ, युद्ध सकिएपछि यसमाथि लेखिनुको औचित्य के नै हुन्छ र! तर, युद्धपछि नै त्यसले छाडेका असरहरू देखिन थाल्छन्।
नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै लेखक एवं पत्रकारहरूले चिन्ता व्यक्त गरेका छन्। नियमनकारी निकाय नहुँदा सञ्चारमाध्यमबाट गलत र मिथ्या समाचार सम्प्रेषण बढिरहेको उनीहरूले औँल्याएका छन्।
बैरागी काइँलाले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।
पश्चिमाहरू पूर्वीयलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढिवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे अनि आफूलाई सभ्य र अभिजात ठान्थे।
जेठ पहिलो साता तीन कविको सम्झना गरियो। गोकुल जोशी र सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती तथा कृष्ण सेन 'इच्छुक'को स्मृति दिवस मनाइरहँदा उनीहरूले प्रतिरोधी चेतना फैलाउन गरेको योगदान पनि सम्झनुपर्छ।
‘कवि विमल गुरुङ कृति पुरस्कार–२०७९’का लागि २०७९ सालमा प्रकाशित हरेक पुस्तक चार प्रति विमल गुरुङ स्मृति पुस्तकालयको ठेगानामा पठाउनु पर्नेछ। पुरस्कारको राशी २ लाख रुपैयाँ छ।
प्रतिलिपि अधिकारसमेत विवादमा परेको प्रज्ञा प्रतिष्ठानको पछिल्लो शब्दकोशमा विभिन्न शब्दका जातीय तथा साम्प्रदायिक अपमान हुने अर्थ र परिभाषा सच्याइएको छैन। बरू, उल्टै केही विशेषण थपिएका छन्।
मानव सभ्यता निर्माणको महाअभियानमा आफ्ना पुर्खाले निभाएको युगीन भूमिकालाई इतिहासबाटै गायब बनाइएपछि, इतिहासको मूलधारबाट आफ्नो राष्ट्रियतालाई गलहत्याइएपछि राजुहरूको नसामा आक्रोश चढ्छ।
विचारको भिन्नतका कारण निवर्तमान पदाधिकारीहरूले वर्तमान नेतृत्वका कामहरूको विरोध गरिरहेको र फरक मत स्वीकार गर्न नसकेको कुलपति राईले बताएका छन्।
सर्वोच्च अदालतले प्रज्ञा प्रतिष्ठानलाई आजीवन सदस्यको भत्ता नरोक्न आदेश दिएपछि अन्य सरकारी निकायबाट पेन्सन सुविधा पाइरहेकाहरूले दोहोरो भत्ता लिन पाउने भएका छन्।
कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ।
धेरैतिरबाट साहित्यिक संस्थाहरूका बारेमा तीखा टिप्पणीहरू हुने गरेका छन्। पूर्वाग्रह र निहित उद्देश्य राखेर गरिएकाबाहेक अन्य टिप्पणीहरू महत्त्वपूर्ण छन्।
मानिस सामाजिक प्राणी भएको हिसाबले हाम्रो समाज र इतिहासमाथि रुचि हुनुपर्छ र त्यो पढिनुपर्छ। ‘ऐँठन’ त्यस्तै समाजको साक्षी हो जो युद्धकालीन दिनसँग काँध जोड्दै बगेको छ।
उच्च शिक्षाका लागि काठमाडौँ उमाशंकर द्विवेदी इन्जिनियरिङ् क्याम्पसमा भर्ना भए। फर्किँदा नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए। तर, उनको कलम भोजपुरी भाषामा चल्यो।
नेपाली लेखक संघले वैशाख १६ गते ‘राष्ट्रिय लेखक दिवस’ मनाउन प्रस्ताव गरेको गरेको छ।
सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।
टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ।
नुवाकोट– पृथ्वीनारायण शाहले एकीकरण अभियान प्रारम्भ गरेको ठाउँ, नौ वटा कोटहरू मिलेर बनेको सामरिक महत्त्वको भूभाग, जहाँ एघारौँ शताब्दीमा तिब्बती योगी मिलारेपाले ठूलो धर्मसभा सम्पन्न गराएका थिए।
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।