यस्तै, गत वर्षबाट शुरू गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएकाे प्रतिष्ठानले जनाएकाे छ।
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएकाे यी पुरस्कार तथा सम्मानकाे राशि तीन लाख रुपैयाँ रहेकाे छ।
उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष एक जना साहित्यकारलाई एक लाख रुपैयाँ राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ प्रदान गरिने भएको छ।
भरतपुरमा आयोजित एकल कविता वाचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, कवि भूपाल राई आफ्नो ‘यारी’ कविता संग्रहमा संगृहीत करिब एक दर्जन कविता सुनाए।
यो जिन्दगी पनि त कसैले लेखेको फिल्म हो, नाटक हो। कसैले निर्देशन गरिरहेको छ। र, अन्तिममा भन्नेछ, “इट्स टाइम टु गो।” तर ‘क्लाइम्याक्स’ कहिले आउँछ, थाहा छैन।
पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाषा लोप भइसकेको छ।
मंगलबार स्थगित भएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने कांग्रेसले जनाएको छ।
पराजुलीका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्।
कांग्रेस सभापति देउवाले बीपीका साहित्यिक कृतिको पनि चर्चा गर्दै श्वेतभैरवी कथासंग्रह पढेर त्यसको पात्रमाथि बीपीसँग भएको संवाद पनि सम्झिए।
भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग 'वी रिड' प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह-संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए।
तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुनेछ।
राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार पुरस्कार प्रदान गरेका छन्।
महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ।
'अहिलेका पदाधिकारीहरूसँग हाम्रो व्यक्तिगत दुस्मनी छैन। हाम्रो उत्तराधिकारीका रूपमा उहाँहरू आउनुभएको हो। ऐनअनुसार उत्तराधिकारीका रूपमा आइसकेपछि कुनै पनि संस्थाको अविछिन्न नेतृत्व मानिन्छ।'
'व्यक्तिको योग्यतामाथि मनपरी प्रश्न उठाउने हो भने प्रज्ञा प्रतिष्ठानको ६४ वर्षको इतिहासमा को–को योग्य प्राज्ञ भए एउटा मापदण्ड बनाएर खोजौँ न त। अनि, सबैभन्दा अयोग्य को रहेछ घोषणा गरौँ।'
प्रज्ञा प्रतिष्ठानमा २०२७ सालमा राखिएको राजा महेन्द्रको शालिक दोस्रो जनआन्दोलनमा तोडफोड भएपछि ‘पुनर्निर्माण’का नाममा त्यसबेलाको ताम्रपत्र नै हटाइएको छ। नयाँमा शालिक मर्मतसम्बन्धी गलत सूचना राखिएको छ।
२५ कविले शनिबार आयोजित महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।
युद्धपछिको समय स्थिर र शान्तिपूर्ण हुन्छ। यसकै आधारमा कतिपयलाई लाग्छ, युद्ध सकिएपछि यसमाथि लेखिनुको औचित्य के नै हुन्छ र! तर, युद्धपछि नै त्यसले छाडेका असरहरू देखिन थाल्छन्।
नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै लेखक एवं पत्रकारहरूले चिन्ता व्यक्त गरेका छन्। नियमनकारी निकाय नहुँदा सञ्चारमाध्यमबाट गलत र मिथ्या समाचार सम्प्रेषण बढिरहेको उनीहरूले औँल्याएका छन्।
बैरागी काइँलाले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।