आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५ प्रतिशत शिशुलाई जन्मिनेबित्तिकै खासै लक्षण पनि देखिँदैन। उमेर बढ्दै गएपछि समस्या देखा पर्न थाल्छन्।
निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप पनौती बजारमा नै तीन वृद्धा आमाहरूसँग मात्रै छ। उक्त सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो।
स्वस्थानी, दन्त्यकथा र लोककथालाई चित्रमा उतार्ने साँखुका भूपेन्द्रमान बाल्यकालमा चित्रकारिताको सौख राख्थे। जीवनको सातौँ दशकमा सौख पूरा गर्न थालेका उनले गत माघमा साढे ३ लाखको स्वस्थानी चित्रमाला बेचे।
प्रणव कतै कलकल बगिरहेको सफा बागमती देख्छन्, कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू भेट्छन्। काठमाडौँका बस्तीमा घुसेको लाखेलाई पनि भेट्छन् र उतार्छन् एआई तस्वीरमा।
डेढ दशक अघिसम्म होली आउनुभन्दा एक महिना अघिदेखि महिलालाई बाटोमै लोला हान्ने र जबर्जस्ती अबिर दलेर आनन्द लिने प्रचलन थियो। अहिले भने त्यस्तो प्रवृत्तिमा कमी आएको छ।
४५ वर्षअघि बदामको व्यापार थालेकी शिवमाया अहिले पनि उत्तिकै उत्साहका साथ व्यापार गरिरहेकी छन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन्।
विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने लक्ष्य राखेको छ। तर विकासोन्मुख र विकसित देशले जुन तरिकाले क्षयरोगलाई प्राथमिकतामा राखेका छन्, त्यसले उक्त लक्ष्य प्राप्त हुने देखिँदैन।
कालिन्चोक डाँडाबाट रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैँ, चैते दशैँलगायत पर्वमा भक्तजनको भीड लाग्ने गर्छ।
६३ दिनको बसाइपछि विगतप्रति पछुतो मान्दै घर फर्किएका उनी ड्राइभिङ लाइसेन्स लिएर कामका लागि कुवेत जाँदै छन्। सुधारगृहबाट फर्किएपछि कुनै किसिमको लागुऔषध नलिएको उनी बताउँछन्।
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।
पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारु गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारु समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राख्ने योजना बनाएका छन्।
ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ।
माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन्। बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रूपमा च्याउखेती गरेका छन्।
दिल्लीबाट रक्सौल हवाईजहाजबाट यात्रा गर्दा पाँच हजार आईसी लाग्छ भने स्लिपरबाट यात्रा गर्दा ५०० आईसी। एसी रेलमा यात्रा गर्दा जम्मा १५ सय आईसी भए पुग्छ।
अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन्।
सिक्लेसको प्रमुख पेसा कृषि र पर्यटन हुन्। गाउँमा २९ वटा सामुदायिक होमस्टे छन्। सिक्लेस, करीतसा, हुगु र क्हफुचे क्षेत्रमा ४६ वटा होटल सञ्चालित छन् ।
पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन्।
नासो गाउँपालिका–१ तालगाउँका ११ जना महिलाले समूह बनाएर १० रोपनी जग्गा भाडामा लिएर आलुखेती गर्न थालेका छन्।
ग्रामीण पर्यटन क्षेत्रमा घुम्न, रमाउन र अध्ययन तथा सरसहयोग गर्न टाढा–टाढाबाट विद्यार्थीहरू जाने क्रम बढेको छ। तर लामो तयारीसहित हिँडेका पाहुनाले समुदायबाट सूचना नपाउँदा यस्तोसम्म कष्ट आइपर्छ!
अर्थशास्त्रमा स्नातकोत्तर गरी १० वर्ष शिक्षण पेसामा बिताएका याम कार्की गाउँ फर्केर बाख्रापालन गरिरहेका छन्। व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।