AnonymousUser

Logout

सीप सिकेर उद्यमी बन्दै तमानखोलाका महिला

दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित महिला अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त छन्। 

तरकारी बेचेर वर्षमा १० लाख कमाइरहेका टेकराज

टेकराजका धेरै साथी रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छाडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्।

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

भेडीगोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ। 

बालबालिकामा जन्मजात हाइपोथायराइडिज्म: कारण र उपचार

आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५ प्रतिशत शिशुलाई जन्मिनेबित्तिकै खासै लक्षण पनि देखिँदैन। उमेर बढ्दै गएपछि समस्या देखा पर्न थाल्छन्।

परम्परागत सीप सिकाउँदै हजुरआमाहरू

निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप पनौती बजारमा नै तीन वृद्धा आमाहरूसँग मात्रै छ। उक्त सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो।

पौराणिक र लोककथाहरूलाई चित्रमा उतार्ने भूपेन्द्रमान

स्वस्थानी, दन्त्यकथा र लोककथालाई चित्रमा उतार्ने साँखुका भूपेन्द्रमान बाल्यकालमा चित्रकारिताको सौख राख्थे। जीवनको सातौँ दशकमा सौख पूरा गर्न थालेका उनले गत माघमा साढे ३ लाखको स्वस्थानी चित्रमाला बेचे।

प्रणवका एआई तस्वीरमा ‘कान्तिपुरी नगरी’को परिकल्पना

प्रणव कतै कलकल बगिरहेको सफा बागमती देख्छन्, कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू भेट्छन्। काठमाडौँका बस्तीमा घुसेको लाखेलाई पनि भेट्छन् र उतार्छन् एआई तस्वीरमा।

महिलामाथि हिंसा र दुर्व्यवहारको पर्याय बनेको होली पर्व बन्दैछ संयम

डेढ दशक अघिसम्म होली आउनुभन्दा एक महिना अघिदेखि महिलालाई बाटोमै लोला हान्ने र जबर्जस्ती अबिर दलेर आनन्द लिने प्रचलन थियो। अहिले भने त्यस्तो प्रवृत्तिमा कमी आएको छ। 

बदाम बेचेर नमूना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

४५ वर्षअघि बदामको व्यापार थालेकी शिवमाया अहिले पनि उत्तिकै उत्साहका साथ व्यापार गरिरहेकी छन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन्।

क्षयरोग नियन्त्रण: नेपाल र विश्व सन्दर्भ 

विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने लक्ष्य राखेको छ। तर विकासोन्मुख र विकसित देशले जुन तरिकाले क्षयरोगलाई प्राथमिकतामा राखेका छन्, त्यसले उक्त लक्ष्य प्राप्त हुने देखिँदैन।

कालिन्चोकबाट हिमाल हेर्दा (तस्वीरहरू)

कालिन्चोक डाँडाबाट रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैँ, चैते दशैँलगायत पर्वमा भक्तजनको भीड लाग्ने गर्छ।

८ वर्षकै छँदा ‘ड्रग्स’मा फसेका रोनी जसलाई लागुऔषधको लतबाट निस्किन १२ वर्ष लाग्यो

६३ दिनको बसाइपछि विगतप्रति पछुतो मान्दै घर फर्किएका उनी ड्राइभिङ लाइसेन्स लिएर कामका लागि कुवेत जाँदै छन्। सुधारगृहबाट फर्किएपछि कुनै किसिमको लागुऔषध नलिएको उनी बताउँछन्।

खुम्बुको पर्यटन जोगाउने भरियाहरू

सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’

पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारु गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारु समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राख्ने योजना बनाएका छन्।

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ। 

विद्यालय परिसरमै च्याउ र तरकारीखेती: पढ्दै, कमाउँदै विद्यार्थी

माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन्। बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रूपमा च्याउखेती गरेका छन्।

सिंगो भारत नियाल्न पाइने भारतीय रेल्वे

दिल्लीबाट रक्सौल हवाईजहाजबाट यात्रा गर्दा पाँच हजार आईसी लाग्छ भने स्लिपरबाट यात्रा गर्दा ५०० आईसी। एसी रेलमा यात्रा गर्दा जम्मा १५ सय आईसी भए पुग्छ।

अस्ट्रेलियाली पर्वतारोही एलीले बिनाअक्सिजन अन्नपूर्ण हिमाल चढ्ने

अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन्।

बिरामी नहुने गाउँ ‘सिक्लेस’ 

सिक्लेसको प्रमुख पेसा कृषि र पर्यटन हुन्। गाउँमा २९ वटा सामुदायिक होमस्टे छन्। सिक्लेस, करीतसा, हुगु र क्हफुचे क्षेत्रमा ४६ वटा होटल सञ्चालित छन् ।

बसाइँसराइले रित्तिँदै गएको गाउँमा मौरीपालनमा सक्रिय पौडेल दम्पती

पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन्।