पर्व
इसाई धर्मावलम्बीको पर्व क्रिसमसको अघिल्लो दिन विभिन्न कार्यक्रम गरी क्रिसमस इभ मनाइएको छ। इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस २५ डिसेम्बरमा पर्छ। त्यसको अघिल्लो साँझ क्रिसमस इभ मनाइन्छ। यसै क्रममा काठमाडौँको ठमेल क्षेत्र र ललितपुरको लबिम मलमा इसाई धर्मावलम्बी लगायतले क्रिसमस इभ मनाउँदै खुशियाली बाँडेका छन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आइतबार एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ऋणको पुनः तालिकीकरण गर्ने व्यवस्था गरेको छ।
डेडिकेटेड र ट्रंक लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत् प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको छ।
फ्रान्सले बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको एयरबस ए३४०मा यात्रा गरिरहेका भारतीय नागरिकलाई रोकेर पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखेको छ।
सोती हत्याकाण्डका दोषीहरूलाई जोगाउने राजनीतिक चलखेलले न्यायालयमाथि पीडितको शंका थियो। त्यसविरुद्ध निरन्तर चलेको सडक संघर्ष सामान्य घटना थिएन। त्यही संघर्षका सेतु हुन् दलित अधिकारकर्मी खगेन्द्र सुनार।
राजनीतिले देशका विद्यमान समस्याहरूको निकास निकाल्न नसकेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताएका छन्।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासाथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको काकरभिट्टा–लौकही सडकखण्ड एशियन हाइवे मापदण्डको बन्नेछ।
समितिले मीनबहादुरले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार पराजय बेहोरेको छ भने अर्को खेलमा बागमतीले गण्डकीमाथि ४ विकेटको जित हात पारेको छ।
सशस्त्र प्रहरीका हवल्दार थमन विकको हत्या अभियोगबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन सभामुख देवराज घिमिरेको निर्देशनअनुसार संसद् सचिवालयले फुकुवा गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर नाबालिग बलात्कारसम्बन्धी मुद्दा जिल्ला न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्।
नेप्से परिसूचक २१.०३ अंकले ओरालो लागेर २०८८.०७ मा सीमित भएको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ६० करोडको स्मार्टफोन र करिब १० अर्ब रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागले जनाएको छ।
कल्कीको मुद्दामा अभियुक्त शाही पुर्पक्षका लागि थुनामा जान नपर्ने हो भने अब मिहिनेत/मजदुरी गरी जीविका चलाउने परिवारका कलिला बच्ची बलात्कृत भए न्याय माग्न नगए हुन्छ।
दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ। त्यसैमाथि दुवै पाठेघरमा गर्भ बस्नुलाई झनै दुर्लभ मानिन्छ।
बागलुङका पदम खत्रीको खत्री एग्रो फार्ममा करिब ९ किलोको एउटै काउली फलेको छ।
कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरूसँग एकैपटक छलफल गर्ने भएको छ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष एउटै बगानबाट ७५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्।