प्रलय राजभण्डारीले २०६२ सालमा राष्ट्रिय टोलीबाट डेब्यु गरे, एक वर्षपछि थ्री स्टारबाट 'ए' डिभिजन लिग खेल्ने क्रममा पुलिसका सुमन सुवेदीलाई रोक्न खोज्दा घाइते भए। त्यही चोटले उनको करिअर समाप्तितिर लग्यो।
भण्डारीले कथामार्फत् सशस्त्र द्वन्द्वकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्।
कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पठार नाइजेरियाको मध्य भागमा अवस्थित, धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य हो। जहाँ हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।
यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
सोमबार साँझको छलफलपछि सरकार र दलहरू संसद्को आगामी अधिवेशनबाट विधेयकलाई टुंगोमा पुर्याउने विषयमा एकमत बनेको नेताहरूले बताएका छन्।
हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन्। उचित मूल्य नपाएपछि चिया विस्तार गर्न नै छाडिसकेका छन्।
खेतीयोग्य जमिन कंक्रिटले भरिँदै गएका छन्। प्रविधिको दुरुपयोग, समाजसँगको कम घुलमिल र देखासिकीले हामीलाई आर्थिक रूपमा मात्रै होइन, मानसिक रूपमै गरिब बनाउँदै लगेको छ।
उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।
देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कुन रुटको बस कहाँ आइपुग्यो र यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्थासहित निर्माण गर्न लागिएको बस बिसौनीमा एक पटकमा तीन वटासम्म बस रोक्न मिल्ने काठमाडौँ महानगरको भनाइ छ।
पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ।
महोत्तरी– लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्। आम रूपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रूपान्तरण अभियान’ले यहाँका दुई विद्यालयले स्वरूप मात्र फेरेक…
तीन दलको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले शीर्ष नेताहरूबीच पीडितलाई न्यायको अनुभूति हुने गरी कानून बनाउने सहमति जुटेको र हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्मा प्रस्तुत हुने बताए।
एपीएफले सोमबारको खेलमा कोशी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।
पश्चिम नेपालको प्रमुख रोजगार गन्तव्य भारतमा नेपालीले सजिलै काम पाउने कारण उनीहरूले गरिदिने व्यक्तिगत सम्पत्तिको रखबारी पनि हो। केही नेपाली त्यहाँ चोरी–लुटपाटमा लागेकाले यो पहिचान नै संकटमा पर्दैछ।
भोजपुरका टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाका १७ घरबाट मात्र एक करोड ६५ लाख रुपैयाँको चिराइतो उठाएको चिराइतो व्यवसायी संगम राईको भनाइ छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद टुंगोमा पुर्याउन निजीक्षेत्रका प्रतिनिधिसमेत रहने गरी अधिकारसम्पन्न आयोग गठन गर्न माग गरेको छ।
पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जति जति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ।