AnonymousUser

Logout

पर्व

मनाइयो य:मरी पुन्हि

नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै आएका छन्। ‘यः’को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो भन्ने अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी यो पर्व मनाउने प्रचलन चलेको मनिन्छ। यो पर्वलाई नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ। यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ। नेवार समुदायले मंगलबार काठमाडौँमा औपचारिक रूपमा आयोजना गरेर यःमरी पुन्हिको खुशियाली साटासाट गरेका थिए। यस दिन राष्ट्रिय ज्यापु दिवस पनि मनाउने गरिन्छ। २०औँ ज्यापु दिवसका नेवार समुदायले निकालेको खुशियाली र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका उमप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

गुल्मी अस्पतालमा २ वर्षदेखि आईसीयु भवन प्रयोगविहीन

गुल्मी अस्पतालमा आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।

अर्थमन्त्री भन्छन्– बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दै छौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदै गएको बताएका छन्

नेपाल सुपर लिग: काठमाडौँ क्वालिफायरमै रोकियो, फाइनलनजिक ललितपुर

साबिक विजेता काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै ललितपुरले एनएसएलको फाइनल प्रवेशका लागि पोखरासँगको भेट पक्का गरेको छ।

फलाम उत्खनन गर्दै सरकार

उद्योगका लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसकिएको धौवादी फलाम कम्पनीका सीईओ डा. जनकबहादुर चन्दले बताए।

यू-१६ लिग: मछिन्द्र र एपीएफ विजयी

मछिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब यू१६ लिगमा विजयी भएका छन्।

किन चाहिन्छ संसद्‍मा क्यालेन्डर?

संसद् बैठक आह्वान र अन्त्य सरकारले गर्ने भए पनि निश्चित तालिका छैन। संसद् अधिवेशन चल्दा कुन दिन के कारबाही हुन्छ भन्ने जानकारी सांसदहरूले केही समयअघि मात्र पाउँदा कतिपय बैठक प्रभावित हुने गरेका छन्।

कमजोर कार्यसम्पादन गर्नेहरूलाई माफ गर्ने मनस्थितिमा छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके कोही पनि पदमा बसिरहन जरुरी नभएको बताएका छन्।

टी२० विश्वकपको तयारीमा कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाली टोलीले सुविधासम्पन्न मैदानबिना नै विश्वकपको यात्रा तय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विश्वकप खेल्ने टोलीको तयारीमा कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

आफ्नै हुटहुटीअनुसार काम गर्न नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चाहनाअनुसार सरकारका कामकारबाही अगाडि बढ्न नसकेको स्वीकार गरेका छन्।

स्थानीयले बन्द गराए सुपरमाई हाइड्रोको उत्पादन

हाइड्रो सञ्चालकले आफूहरूका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्क्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयले‍ बताएका छन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये १०० जना सम्पर्कविहीन

परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीहरूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्। 

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये १०० जना सम्पर्कविहीन

परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेकारूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्। 

मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

चीनका विश्वविद्यालयमा नेपाली पढिरहेका चिनियाँको नेपाल साइनो

चीनका विभिन्न विश्वविद्यालयबाट हरेक वर्ष चिनियाँ विद्यार्थीहरू एक सेमेस्टर नेपाली भाषा पढ्न नेपाल आउँछन्। यहाँ पढ्दा आफ्नो नाम नेपालीमै राख्छन्। उनीहरूका लागि हप्ताको दुई दिन मात्र कक्षा हुन्छ।

विकास पुगेर पनि किन गाउँ रित्तिँदै छन् समाधान खोजौँ : राष्ट्रपति

राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिस गाउँमा नभएकोप्रति चिन्ता केन्द्रित गर्नुपर्ने बताएका छन्।

बगर सम्म्याएर खेलमैदान

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर खेलमैदान तयार गरिएको बताए।

बालबालिका र बुढापाकाले धानेको गाउँ रायडाँडा

जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ।

श्रीलंका टापु जोड्न सप्तकोशीमा ५ किलोमिटर लामो झोलुंगे पुल बनाइँदै

सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ।

जाजरकोट भूकम्प: ११ हजार घर पुन:निर्माण

जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।