AnonymousUser

Logout

सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा भएको छ।

इजरायली आक्रमणबाट गाजामा १०० पत्रकारकाे मृत्यु

युद्धग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत सुरक्षा दिइन्छ। तर, इजरायलमाथि उक्त कानूनको उल्लंघन गरेको आरोप लागिरहेको छ।

प्रधानमन्त्री कप: एपीएफ र कोशीको लगातार तेस्रो जित

तीन खेलमा तीन जित हासिल गरेको एपीएफ र कोशीको समान ६ अंक रहेको छ। नेटरनरेटमा भने एपीएफ अगाडी छ।

गुरुकुल शिक्षामा बढ्दो आकर्षण: संस्कृत पढ्न भारतबाट झापा

गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापामा सञ्चालित विभिन्न गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थीसमेत अध्ययन गरिरहेका छन्।

मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गरेको आरोपमा २ जना पक्राउ

मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा स्थानीय झापु शाही र धनबहादुर भट्ट पक्राउ परेका छन्।

बालुवाटारमा प्रधानमन्त्री, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्रीको सचिवालयका अनुसार शीर्ष ने‍ताबीच संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ।

काठमाडौँबाट दिल्ली उडेको विमान कान्दहार पुग्दा 

२४ डिसेम्बर १९९९। बेलुकी ४ बजे। इन्डियन एयरलाइन्सको आईसी–८१४ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उडान भर्छ। तर काठमाडौँबाट शुरू यात्रा आठौँ दिन कान्दहारमा पुगेर विराम लाग्छ।

बेलडाँगी शरणार्थी शिविरमा आगलागी, १ घर जल्यो

बिहान चार बजेतिर शुरू भएको आगोले शरणार्थी शिविरका भीमबहादुर घिमिरेको बाँसको घर जलेको छ। 

गाजाका अस्पतालमा इजरायली सेनाको लगातार आक्रमण

पछिल्लो सात दिनयता इजरायली सेनाले हमास र इस्लामिक जिहादसँग सम्बद्ध २०० प्यालेस्टिनीलाई पक्राउ गरेको छ। 

चितवनको तोक्दानमा सामुदायिक घरबास

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकलाई लक्षित गरी  तोक्दाङमा सामुदायिक घरबास सञ्चालन गरिएको छ। 

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ। 

आर्सनल र लिभरपुलको रोमाञ्चक बराबरी 

बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्षस्थानमा कायम छ। समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ।

कोशी र गण्डकीको उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रेडियो पाउँदा दंग

भौगोलिक रूपमा विकट रहेको इलामको रोङ गाउँपालिकाले श्रव्य माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाएको छ।

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु, २ पुरुषको शव फेला

काठमाडौँ, भक्तपुर, चितवन, बारा लगायतका स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

कर्णाली नदीको विवाद मिलाउन सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच विज्ञ टोली गठन गर्ने सहमति

कर्णाली नदीका कारण बर्दिया र कैलालीमा सीमा विवाद वर्षाैंदेखि रहेको छ। नदीले निरन्तर धार परिवर्तन गर्दा र नापी पनि नभएका कारण दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन्।

किलर्स अफ द फ्लावर मुनः आदिवासी जो धनी भएकै कारण मारिए

ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल निस्कन्छ, अनि ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले भरिपूर्ण हुन्छन्। यहीँबाट उनीहरूको मृत्युको श्रृंखला पनि शुरू हुन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो तागतले भ्याएसम्म र आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्।

हामीले गरेका कामहरूको राम्रोसँग प्रचार हुन सकेन : प्रधानमन्त्री

लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई ‘उज्यालो नेपालको नयाँ युगमा प्रवेश’ गराएको दाबी गरेका प्रधानमन्त्री दाहालले त्यसको राम्रोसँग प्रचार हुन नसकेको गुनासो गरे।