वीरगन्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरले पराजित भएसँगै प्ले अफ दौडबाट बाहिरिएको हो।
सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी केन्द्र सरकारले कानून नल्याएर सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।
प्रेम, लिभिङ टुगेदर, विवाह तीन तत्त्वहरू नाटक मोन्टाजका प्रमुख अंग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूति हुन्छ र महिलालाई दोषी देखाउन खोज्दाखोज्दै महिला नै विजयी।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए।
धरानस्थित कृषिउपज बजारका अनुसार प्रतिकिलो अम्रिसो १५० रुपैयाँमा किनबेच भइरहेको छ। गत वर्ष यही समयमा १०० रुपैयाँ सम्ममा बिक्री भएको थियो।
भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजातसहित मोरङका विनोद कार्कीलाई काठमाडौँको बल्खुबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।
विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। यस विषयमा शनिबार बिहानसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मक रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
सोमनाथ वाग्ले उदासीन आश्रममा सरिक हुनु संयोग, आकस्मिकता र बाध्यता सबै थियो। सोमनाथको यही बाध्यता पछि ‘सनातनमुनि’ हुने अवसर बन्यो, जो अहिले बैंगलोरमा आश्रम चलाउँछन् र भारतभरि ख्याति कमाएका छन्।
सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गरेको छ। तर, मूल्य निर्धारणप्रति उखु उत्पादक किसान भने असहमत छन्।
विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको छ। कतिपय अवस्थामा अपमान पनि सहनुपर्ने संकलनर्ता बताउँछन्।
निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो।
शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सलाई ४–० ले पराजित गर्दै पहिलोपटक उपाधि जित्न सफल भएको छ।
राष्ट्रिय उपभोक्ता मञ्चका अनुसार देशभित्र उत्पादन हुने चिनीले जम्मा सात महिना मात्र धान्छ। करिब १०० लाख मेट्रिक टन चिनी विदेशबाट आयात हुने गरेको छ।
चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पर्व
यतिबेला काठमाडौँको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौँको दक्षिण भेगका कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ मिलेर गरिने जात्रा ‘सात गाउँ जात्रा’ अर्थात् ‘न्हयगां जात्रा’ बनाइँदै छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो। हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ। आजका दिन कीर्तिपुरमा बाघभैरव मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ। यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ। धूमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुग्ने गर्छन्।
नाबालिग जबरजस्ती करणी मुद्दामा पीडितको बयान, मेडिकल रिपोर्ट, घटना मुचुल्का, प्रहरीले सोधपुछ गरेकाहरूले गरिदिएको घटनाविवरण कागज र सरकारी वकिलको मागदाबी विपरीत अदालतबाट आदेश आएको छ।
सांसदहरूले सञ्चालनमै रहेका विश्वविद्यालयमा पढ्ने विद्यार्थी नभएको, ती विश्वविद्यालयको अवस्था सुधार्नसमेत नसकिएको अवस्थामा नयाँ विश्वविद्यालय खोल्ने अनुमति दिनु उचित नहुने बताएका छन्।
तिहारअघि एउटा नाटक लिएर श्रीलंकाको यात्रा गरेको थिएँ। त्यहाँको ‘स्टेट युथ थिएटर फेस्टिबल’मा सहभागी भएर नाटक हेर्ने मौका मिल्यो। लगातार चार दिनसम्म विभिन्न नाट्य समूहका नाटक हेर्यौँ। आधा घन्टासम्मका नाटकलाई छोटा र ९० मिनेटसम्मका नाटकलाई लामा …