AnonymousUser

Logout

ठगी अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालयमा सेवारत हुँदा एक करोड भन्दा धेरै रकम ठगी प्रकरणमा मुछिएका थिए।

जाजरकोट भूकम्प प्रभावितलाई फेकनद्वारा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार

बुधबार म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।

शिक्षक–विद्यार्थी मिलेर कोदो काटिदिएको समाचारले सहयोगीहरूलाई यसरी जोड्यो

बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।

देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः माधव नेपाल

प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरू गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि नेपालले औँल्याए।

ओस्कार विजेता चलचित्र 'प्यारासाइट'का अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।

साफ यू१९ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल बंगलादेशसँग

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्। नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटान र अन्तिम खेल भारतसँग फ्रेबुअरी ६ मा खेल्ने छ। 

८४ पूजाको खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। 

उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध

प्रतिबन्धमा परेका व्यक्तिलाई पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ। 

प्रधानमन्त्री कप: एपीएफ र कोशीको जित

एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

प्रमुख शहरमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णय

बालुवाटारमा बसेको मोर्चाको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटी गठन गर्ने र प्रमुख शहरमा सन्देशसभा गर्ने निर्णय गरेको छ।

जागिरमा खाएको गालीले जन्माएको ‘लाफिङ सेन्टर’ (तस्वीर–कथा)

युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।

आधुनिक प्रविधिले सुध्रिँदै इलामको अलैँचीखेती

अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।

टर्कीको अवरोध हटे स्विडेनले नाटोको सदस्यता पाउने

मंगलबार टर्की संसद्को एक समितिले नेटोमा सामेल हुने स्विडेनको प्रस्तावलाई अनुमोदन गरेको छ। नाटो सदस्यताको बदलामा, स्वीडेनले ईयूमा सामेल हुने टर्कीको प्रयासलाई समर्थन गर्नेछ।

एउटै गाउँबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दुई हजार ६०० किसानले अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी गरेका छन्। 

उँधौलीको रमझम: भूमिको पूजा गर्दै नाचियो साकेला

खार्मीका किरात समुदायले रुपाकोटगढीमा भेला भएर सामूहिक रूपमा भूमिको पूजा गर्दै, साकेला नाच्दै उँधौली मनाउने गरेका छन्।

बर्नलीलाई हराउँदै शीर्षस्थानमा उक्लियो लिभरपुल

जितसँगै लिभरपुलले १९ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ।

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पक्की पुल निर्माण गर्ने चर्चा वर्षौंदेखि चलेको भए पनि बन्ने सुरसार छैन।

'शासक जात'कै दलबल, दलनको दलदल

बुद्ध, कबीर, अम्बेडकर र पेरियारलगायतले समेत छुवाछुतलाई नकारे, तर नेपाली र भारतीय समाज यो विभेदबाट अझै मुक्त हुन सकेको छैन। जात व्यवस्था समाजको क्यान्सर हो। मानव समुदायकै कलंक हो।

कस्तो रहनेछ बुधबारको मौसम?

कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।