राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ।
बलात्कृत बालिकाले काठमाडौँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूले भनेका केही महत्वपूर्ण कुरा बयानमा नलेखिएको भन्दै आपत्ति मात्र जनाइनन्, प्रहरीले शुरूमै खिचेको भिडियो प्रमाणका लागि पेश गर्न पनि माग गरिन्।
सीआईबीको टोलीले आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ।
सर्बिया, पोल्यान्ड, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
कृषिबाट आत्मनिर्भर बन्न अघि सरेका किसानको उत्साहमा पानी खन्याइदिने कारण बनेको छ कृषि उपजको बजार अभाव। स्थानीय सरकार आइसकेपछि यस्तो नियतिबाट बाहिर निस्कन नसकेका प्युठानका किसानको कथाः
मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।
कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।
मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।
उनीहरूले ‘जनयुद्ध दिवस’लाई मान्यता दिन नमिल्ने सर्वोच्चको आदेशका कारण नेपालको भविष्यतर्फको यात्रामा थप एक कदम सहज भएको उल्लेख गरेका छन्।
मंगलबार संकटाले एपीएफमाथि ७–१ गोल अन्तरले जित हात पारेको छ।
गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।
प्रधानमन्त्री दाहालले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन्।
राष्ट्रियसभा निर्वाचनका लागि मधेशमा पहाडिया समुदायका उम्मेदवार उठाएको, पटकपटक अवसर पाएकालाई नै समेटेको र मापदण्ड मिचेर एकलौटी गरेको भन्दै कांग्रेस सभापति देउवासँग इतर समूह असन्तुष्ट बनेको छ।
बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फलाई काठमाडौँको कोटेश्वर र भोटेबहालबाट पक्राउ गरिएको हो।
गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायतका काम रोकिएका छन्।
नेपालको यू१९ टोलीले स्कटल्यान्डलाई १३५ रनले हराएको छ। नेपालका गुलशन झाले ११५ बलमा ११४ रन बताए।
तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।
विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको छ।