AnonymousUser

Logout

शेख हसिना चौथो कार्यकालका लागि बांग्लादेशको प्रधानमन्त्री नियुक्त

आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिटमा जितेको थियो।

स्केट खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै

रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा पुस ५ देखि ७ गतेसम्म भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३०० खेलाडीको सहभागिता थियो। 

विद्युतीय सवारीको आयात बढ्दो, राजस्व खुम्चिएको भन्दै अर्थ मन्त्रालय दबाबमा

लक्ष्य अनुसारको राजस्व नउठ्दा सरकारी आय र खर्चको खाडल बढ्दै गएको देखिएको छ। अर्थ मन्त्रालय र भन्सारका अधिकारीहरू राजस्व घट्नुमा विद्युतीय सवारी आयातलाई मुख्य कारक मानिरहेका छन्। 

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको जनाएका छन्।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्का मृत भेटिए

भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा नगरप्रवक्ता खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको आईएलओको प्रतिवेदनमा उल्लेख छ। 

सुदूरपश्चिममा भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बझाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले भुवापर्व उल्लासपूर्वक मनाउँछन्। पछिल्लो समय भने कैलाली र कञ्चनपुरमासमेत मनाउन थालिएको छ। 

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक दल वा दलसम्बद्ध संगठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न रोक लगाएको छ।

शीतलहरबाट जनजीवन कष्टकर: तरकारीबालीमा डढुवा रोगको जोखिम

लगातारको हुस्सु र कुहिरोसँगै बढेको जाडोले जनजीवन कष्टकर बनेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू बढी प्रभावित भएका छन्।

केही ऐतिहासिक प्रसंग: जसले इतिहास नबुझ्दा दुर्घटना बेहोरे

भारत निर्वासित राजेन्द्रविक्रमलाई जंगबहादुरले गरेको पदच्यूतबाट उत्साही मोहनशमशेरले राजा त्रिभुवनलाई हटाउन खोज्दा राणाशासन सकियो। २२ वर्षअघि राजा भएका ज्ञानेन्द्र महेन्द्रपथमा लाग्दा राजतन्त्र ढल्यो।

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

अपहरणपछि बालिका बलात्कार घटना: २ जना पुर्पक्षका लागि थुनामा, २ धरौटीमा छुटे

गत मंसिर २२ गते बिहान चुनिखेलस्थित एक रिसोर्टमा १५ वर्षीया नाबालिकामाथि बलात्कार भएको थियो।

केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, काममा फर्किए डा. दाहाल

आवासीय चिकित्सकहरूमाथि भइरहेको शोषणका विरुद्ध विगत १३ दिनदेखि लडिरहेका उनी अस्पतालले निलम्बन फिर्ता लिएसँगै काममा फर्किएका छन्।

सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो।

रामबहादुर बम्जन

रामबहादुर बम्जनको घरमा पैसाको चाङ

रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ। तीन करोड तीन लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो।\r\n\r\n

विद्युत् व्यापार सम्झौताको अन्तर्यः नेपालको पानीमा भारतीय नियन्त्रणलाई स्वागत

विद्युत् व्यापारका नाममा नेपालको पानी आफ्नो नियन्त्रणमा राख्ने भारतीय रणनीतिलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सजिलो बनाइदिएको टिप्पणी भइरहेको छ। 

'अपरेसन केक': थप दुई कारोबारी पक्राउ

उनीहरूले एक वर्षदेखि घर भाडामा लिई स्विट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ।

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

मन्त्री भुसालले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको पनि बताएका छन्।

विदेशी लगानीकर्तालाई अर्थमन्त्री महतले दिए निम्तो

भारतको गुजरातमा आयोजित 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा बोल्दै उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिका क्षेत्रमा लगानीको ठूलो अवसर रहेको बताएका छन्।