स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोर सडकको उत्तरतर्फ डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भिड लाग्ने गरेको छ।
दमौलीबाट छिपछिपेतर्फ गइरहेको ‘मिनी ट्रक’ आइतबार राति सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ।
बसमा सवार बर्दियाको गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ।
चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।
भीमदत्त–१० का ललित सार्कीले घरैमा तयारी गरेर एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा गर्न नाम निकाल्न सफल भएका छन्। अब उनलाई काठमाडौँमा कसरी खाने र बस्ने भन्ने चिन्ता छ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
स्वतन्त्र मिडियाले विश्वभर सत्तालाई प्रश्न सोध्छन्, तर भारतीय मिडिया सत्ताको लाजमर्दो हरिकीर्तन गाइरहेका छन्। र, मिडियाको क्यामरामा मोदी स्वयं राम र हरिभन्दा उच्च स्थानमा रहेकोझैँ देखाइन्छन्।
लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। सबै गोल दोस्रो हाफमा भएका थिए।
नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्।
संघ र प्रदेश सरकारले आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने भएको छ।
गण्डकीले पहिलो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई १४२ रनले पराजित गरेको हो।
फुटबल र क्रिकेटको सबभन्दा ठूलो अपराध मानिने ‘फिक्सिङ’मा नेपाली खेलाडीको एकपछि अर्को संलग्नता आर्थिक कारणसित मात्र जोडिएको छैन, खेल संघ र तिनका पदाधिकारीको संदिग्ध भूमिका यसमा झन् बढी जिम्मेवार छ।
पक्राउ
काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सो क्रममा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए। माइतीघरलाई काठमाडौँ प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ।
उनले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्।
सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ।
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।
आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन्।
पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।
‘दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला वैकल्पिक धारका फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्।’
उक्त सुन ती व्यक्ति आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।