AnonymousUser

Logout

ईभीको आयात बढ्दा लक्ष्यअनुसार राजस्व उठ्न सकेन: अर्थमन्त्री

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका छन्।

बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

बाँके नरैनापुरका किसानका लागि २०० बोरा मल संघीय सरकारबाट अनुदानमा प्राप्त भएको थियो। त्यसमध्ये १३० बोरा मल हराएको छ।  

बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा

किसानले आफ्ना उत्पादनका क्रेट नै सडकमा फालेका छन्। आन्दोलनका कारण सडक सडक ठप्प भएको छ। 

२९ हप्तामा जन्मेको शिशुको ‘एलएसभी’ सफल

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।

मुग्लिन–पोखरा सडक: पश्चिम खण्डमा धमाधम कालोपत्र

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको छ।

'ट्याक्सपेयर'को पैसा, विवेकहीनहरूको रजाइँ

विश्वका कम विकसित ११० देशमा एक अर्ब १० करोड मानिस बहुआयामिक रूपमा गरिब छन्, जसमध्ये एक तिहाइ त दक्षिण एशियामा मात्र छन्।

शहीद परिवारकी मनरुपा: पाँचौँ प्रयासमा बनिन् माननीय

मनरुपा २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भइन्। त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेकी थिइन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।

राहुल महरालाई थुनामै राख्ने जिल्लाको आदेश उच्च अदालतले गर्‍यो सदर

उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ।

उच्च अदालत पोखराले माग्यो बेगनास तालमा मोटरबोट सञ्चालन गर्नुको कारण

उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ। 

सुनील र विकललाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विद्यालय शिक्षा विधेयकः समस्या एकातिर, सांसदका १७५२ संशोधन अर्कैतिर

सांसदहरूले विधेयक संशोधनका लागि दर्ता गरेका एक हजार ७५२ मध्ये झन्डै आधा अर्थात् ७०० भन्दा बढी प्रस्ताव शिक्षाको गुणस्तर वृद्धिमा नभई शिक्षकका सेवा सुविधा विस्तार र व्यवस्थापनमै केन्द्रित छन्।

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेले जित्यो एक सिट

राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रधानमन्त्री कप : मधेश, बागमती र एपीएफको जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न भएका खेलमा मधेश, बागमती प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन्।

शेयर बजारमा निरन्तर गिरावट

आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा कायम भएको छ।

न्युरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। 

सरकारले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने तयारी भइरहेको बताएका छन्।

मैदानमा ९० मिनेट बिताउन १६० किलोमिटर यात्रा गर्ने ‘सिन्धु एफसी’को संघर्ष

खुमलटार एफसीबाट यू१६ लिग खेलिरहेको सिन्धुपाल्चोक एफसीका खेलाडी खेल हुने दिन लामोसाँघुबाट ८० किमि टाढाको काठमाडौँ आउँछन् र त्यही दिन फर्किन्छन्। फुटबलमा भविष्य खोजिरहेका यी खेलाडीहरूको कथाः

बागलुङको एउटै गाउँपालिकाबाट ९ महिनामा ६८ परिवार बसाइँ सरे

जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।