नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
विदेशमा भएका भौतिक विकास र प्रगतिसँग दिनदिनै साक्षात्कार गरिरहेका नेपाली आँखाले कछुवा गतिमा विकास पछ्याइरहेको नेपाललाई अविकसित र अस्तव्यस्त देख्नु अस्वाभाविक भने होइन।
दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनर्संरचना निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
उच्च अदालत पाटनले एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औँल्याइएको छ।
बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने व्यवस्था गर्नुपर्ने प्रधानमन्त्री दाहालको जोड छ।
मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले जनमुखी काम गर्दा बाधा अड्चन गरेको, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूमातहतका मन्त्रालयहरू पनि एकल ढंगले चलाउने गरेको आरोप लगाएको छ।
गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ।
प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।
मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार चार अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्मका अध्ययन प्रतिवेदन यथाशीघ्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
एपीएफ अर्को विभागीय टोली आर्मीसँग ४ विकेटले पराजित भयो। एपीएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
चौधरी ग्रुपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गाबारे अख्तियारले १५ महिनादेखि गरिरहेको अनुसन्धान जहाँको त्यहीँ छ। अर्थ मन्त्रालयको अपुरो प्रतिवेदनले अख्तियारलाई सजिलो पारिदिएको छ।
चालु वर्षको ६ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजार रुपैयाँको तरकारी आयात हुँदा ९४ लाख ५० हजार रुपैयाँको मात्रै तरकारी निर्यात भएको छ।
गृह मन्त्रालयले भिजिट भिसासँग सम्बन्धित १७बुँदे निर्देशन खारेज गरेको छ।
कर्णालीले कोशीलाई ६ विकेटले पराजित गरेको छ। १५१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।
सामाजिक सद्भाव, साँस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाइने ऐनमा उल्लेख छ।
परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने पनि दोहोर्याएका छन्।