AnonymousUser

Logout

मुगुमा भाइरल ज्वरो: ३ जनाको मृत्यु

मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्। 

साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल खुल्यो

साउदीका तत्कालीन शेख अब्दुलअजीजले सन् १९५१ मा राजकुमारले रक्सी पिएर एक बेलायती कूटनीतिज्ञको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? काभ्रेको कुशेश्वर माविका प्रअ दमैसिं दोङ गुणस्तर सुधारका लागि प्रयास गरिरहेको भए पनि गाउँमा मानिस नै घट्दो भएकाले विद्यार्थी पनि कम भएको बताउँछन्।

रोग निको हुने विश्वासमा नदीमा डुबाउँदा बच्चाको मृत्यु

उनीहरूले नदीमा डुबाएपछि चमत्कार भई बच्चाको ज्यान बच्ने ठानेका थिए।

केही व्यक्ति सामाजिक सद्भाव र एकता खलबल्याउन लागेका छन्: प्रधानमन्त्री

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

युद्धबन्दी बोकेको विमान युक्रेनले खसालेको रुसको आरोप

आईएल–७६ सैन्य विमान युक्रेनले खसालेको रुसको आरोप छ। विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए। 

भरतपुरमा घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने तयारी

भरतपुर विमानस्थलको एक हजार २०० मिटर लामो धावनमार्ग विस्तार गरेर एक हजार ५०० मिटर बनाउने योजना छ। 

स्वस्थानी व्रत शुरू, साँखुस्थित शालिनदीमा मेला

काठमाडौँको साँखुस्थित शालिनदीमा माधवनारायणको मेला पनि शुरू भएको छ। त्यहाँ स्नान एवं स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

कोपा डेल रेको क्वार्टरफाइलनबाट बाहिरियो बार्सिलोना

बुधबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ४–२ ले पराजित भएसँगै बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको छ। 

दलतन्त्रको अर्घेल्याइँमा राष्ट्रियसभा

सांसदको मूल्यांकन जिल्लाका विकासे योजनामा पुर्‍याएको बजेटका आधारमा होइन, गुणस्तरीय कानून निर्माण र संसदीय निगरानीमा खेलेको भूमिकाका आधारमा हुने परिपाटी स्थापित नभएसम्म माथिल्लो सदनको आकर्षण हुँदैन। 

राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै, नतिजा पनि आजै आउने

प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुँदैछ।

तराईमा हुस्सु, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यू१९ विश्वकप: पाकिस्तानसँग नेपाल पराजित

आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो।

चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँ आएर पढ्दै

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा ती विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ।

युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान दुर्घटना, कम्तीमा ७४ जनाको मृत्यु

रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा दायर

आरोपीहरुविरुद्ध २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

वाफ महिला च्याम्पियनसिप: नेपालबाट प्रारम्भिक टोलीको घोषणा

खाडी राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने एन्फाले निर्णय गरेको हो।

एनआरएनए विवाद छानबिन गर्न समिति गठन

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको हो।

जनमत–जसपा टकराव: मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता

मधेश सरकारको नेतृत्व शुरूको एक वर्ष जसपाले तथा पछिल्ला दुई–दुई वर्ष जनमत र कांग्रेसले गर्ने समझदारी थियो। त्यही समझदारी तोडिन थालेपछि बढेको जसपा–जनमत टकराव बदलाको राजनीतितर्फ उन्मुख हुँदैछ।

कोशी आठौँ खेलमा पनि पराजित

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमसँग कोशी ८ विकेटले पराजित भएको हो।