AnonymousUser

Logout

सुनको मूल्यमा दिनहुँ रेकर्ड, आइतबार तोलामा १ हजार बढ्यो

शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको सुन आइतबार एक लाख २६ हजार रुपैयाँ तोकिएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

सुन्तलामा अनौठो रोग, धमाधम मर्न थाले बोट

सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको छ। बाँकी बोटमा पनि यस वर्ष अन्य समयको जस्तो सुन्तला नफलेको किसान बताउँछन्।

शुरू भयो १५ दिने मिथिला माध्यमिक परिक्रमा

नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ।

विद्यालय परिसरमै च्याउ र तरकारीखेती: पढ्दै, कमाउँदै विद्यार्थी

माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन्। बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रूपमा च्याउखेती गरेका छन्।

चेक रिपब्लिककी क्रिस्टिनालाई मिस वर्ल्डको उपाधि

क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उनलाई २०२२ की मिस वर्ल्ड क्यारोलिना विलावस्काले ताज पहिराइदिइन्।

कार्यालय सहयोगीले नायब सुब्बाको परिचय पत्र झुन्ड्याएपछि…

कर्णले नायब सुब्बाको परिचयपत्र झुन्ड्याएको पीडितले बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगी मात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए।

झुपडीअगाडि अम्बानी परिवारको ‘नकच्चरो’ नाच

भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?

प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल 

शनिबार राति ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दै आर्सनल पुन: शीर्ष स्थानमा उक्लिन सफल भएको हो।

यस्तो रहनेछ आइतबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

सिटौला कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेता मनोनीत

कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ।

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध

पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ।

फुटपाथ व्यवसायीलाई ‘अपराधी’को व्यवहार, कानूनले नदिएको अधिकार किन जिकिर गर्छन् बालेन शाह?

नगरप्रहरीलाई कसैलाई पनि लाठी बर्साउने, पक्राउ गर्ने र सामान जफत गर्ने अधिकार छैन। तर काठमाडौँ महानगरले दुई वटा ऐनको गलत व्याख्या गर्दै ‘कारबाही’ चलाउने गरेको छ। कस्तो शहर चाहन्छन् बालेन शाह?

क्याप्टेन उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ लोकार्पित

पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।

भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ

म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको अध्यक्ष एकजित रोकाको भनाइ छ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय पनि गरेको नेता अर्जुननरसिंह केसीले बताए।

गोलबजारमा होटल सञ्चालकको हत्या, ४ जना पक्राउ

सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

सिंगो भारत नियाल्न पाइने भारतीय रेल्वे

दिल्लीबाट रक्सौल हवाईजहाजबाट यात्रा गर्दा पाँच हजार आईसी लाग्छ भने स्लिपरबाट यात्रा गर्दा ५०० आईसी। एसी रेलमा यात्रा गर्दा जम्मा १५ सय आईसी भए पुग्छ।

अस्ट्रेलियाली पर्वतारोही एलीले बिनाअक्सिजन अन्नपूर्ण हिमाल चढ्ने

अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन्।

नेपाल हङकङसँग ७३ रनले पराजित

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६.४ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। 

उत्पादित सामग्रीले बजार नपाउँदा महिला उद्यमी मर्कामा

आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता आएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन्।