AnonymousUser

Logout

दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

९ टन क्षमताको डुंगा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको छ। डुंगामा इन्डोनेसियाली नागरिकसहित नौ जना सवार थिए।

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

हङकङका बाबर हायातले ११० रनको शतकीय इनिङ्स खेले। उनले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गरे। नेपालका आकाश चन्दले ३ विकेट लिए।

कालिकोटमा करेन्ट लागेर २ जनाको मृत्यु‍

विद्युत्‌को सबस्टेसनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जानकारी दिए। 

१९९ हप्तादेखि निरन्तर सरसफाइ

हरेक हप्ता बिहान ८ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत शनिबार सामाखुशी संगमटोलदेखि पवित्रनगर चोकसम्म सरसफाइ गरिएको छ।

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि याैनहिंसा झेल्दै

हिजो (मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइयो। तर युद्धको चपेटामा परेका हजारौँ महिलाहरूको अवस्था उस्तै छ।

इटहरीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ७:३० बजे पर्चे आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको छ।

कालीगण्डकीको बाढीबाट बस्ती जोगाउन तटबन्ध

१७ परिवारको बसोबास रहेको आनन्द बगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा छ। निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायी रूपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ।

बिरामी नहुने गाउँ ‘सिक्लेस’ 

सिक्लेसको प्रमुख पेसा कृषि र पर्यटन हुन्। गाउँमा २९ वटा सामुदायिक होमस्टे छन्। सिक्लेस, करीतसा, हुगु र क्हफुचे क्षेत्रमा ४६ वटा होटल सञ्चालित छन् ।

कर्णबहादुरको किताब र हराएको राजनीतिक विज्ञान

आफ्नो घरबाट कृष्णकुमार राईले ‘पोलिटिकल साइन्स’ पुस्तक लगेको पत्तो लाग्नु र उनैले निर्वाचन पनि जित्नुको कारण कर्णबहादुरले बुझे। अनि त्यही पुस्तकको कारण चुनाव हारेको सगौरव घोषणा गरेछन्।

कोशी र गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

शिशुहरूको पहिलो जिम्मेवारी रेश्माकै काँधमा भए पनि एकै उमेरका शिशु धेरै भएकाले उनलाई अरू तीन सहकर्मीले सघाउँछन्।

८ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

भारतीय नागरिकलाई रुसको पक्षमा लड्न पठाउने ‘नेटवर्क’माथि सीबीआईको छापा

भारतीय अधिकारीहरूले युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि आफ्नो देशका नागरिक पठाउने एक ‘तस्करको नेटवर्क’का सदस्यलाई पक्राउ गरेको बताएका छन्।

बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग

बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा व्यापारिक घराना विशाल ग्रुपले गैरकानूनी सम्झौताका आडमा हत्याएको पुष्टि भइसक्दा पनि सम्झौता रद्द र दोषीलाई दण्डित गर्न सरकार नै असहयोगी देखिएको छ।

एक दशकदेखि ठेलामा बदाम बेचेर गुजारा

बदाम बेचेर कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन्।

महाशिवरात्रि

पशुपतिमा भक्तजनको भिड

महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ। पशुपति क्षेत्रमा राति देखि नै भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान २ बजेदेखि चार वटै ढोका खोलिएका छन्। भारतबाट समेत साधु सन्त र तीर्थयात्री आइपुगेका छन्। यस वर्ष २० लाख भक्तजनले दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

मन्दिरको आम्दानी खोसिने गरी पशुपतिनाथमा चलेको शम्भुको ‘सेवा’ 

सुविधाजनक पूजाआजाका सेवाहरू मन्दिरलाई आम्दानी नहुने गरी समानान्तररूपमा चलिरहेका छन्, जसको अगुवाइ गरेका शम्भु मन्दिरमा दर्शन र पूजाआजा गर्न चाहने पैसावाला दर्शनार्थीको ‘सेवा’मा दिनहुँ खटिन्छन्।

गाडिएको अवस्थामा बालकको शव, आमाबुवा पक्राउ

प्रहरीले सिर्सिया नदी छेउस्थित समसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर आमाबुवालाई पक्राउ गरेको छ।

देशभर कुष्ठरोगका २१ सय बिरामी फेला, काठमाडौँमा मात्रै ११० जना

उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ।