प्रहरी कार्यलाई सहयोग गर्न र निषेधित क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग जस्ता ट्राफिक उल्लंघनहरू पत्ता लगाउन यस कुकुरको डिजाइन गरिएको हो।
शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट देखिएको छ। बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा कायम भएको हो।
स्वेच्छाले रुसी सेनामा भर्ती भएकाले धेरै नेपाली स्वदेश फर्किने मनस्थितिमा नरहेको भन्दै राजदूत नोभिकोभले सञ्चार माध्यममा आएका समाचारका आधारमा मात्रै धारणा नबनाउनसमेत आग्रह गरेका छन्।
एउटै व्यक्तिको बदलिरहने चरित्र सम्झेर परशु आफूलाई उदेक लाग्ने बताउँथे। जस्तो, एउटा व्यक्ति बिहान ट्युसन मास्टर, दिउँसो क्लर्क, बेलुका कोही फूलमाया नामकी केटीको प्रेमी र राति पत्नीको प्यारो पति हुन्छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री सातै प्रदेशमा पठाइसकेको छ।
उनले मधेशमा रहेका विद्यमान बेथितिहरूप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउनसमेत आग्रह गरे।
मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउनसमेत राजदूत नोभिकोभलाई आग्रह गरेका छन्।
प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हबलदार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको छ।
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड वोल्भ्ससँग खेल्नेछ। त्यसपछि यही टोली एसएमएस फ्रेन्डसिप कप खेल्न भारत जानेछ।
‘स्नातक सकिएपछि नेटवर्किङमा काम गर्न थालेँ। विस्तारै सेक्युरिटीतिर लागेँ। जब फाइनान्स बुझेँ त्यसपछि म राम्रो साइबर सेक्युरिटी एक्सपर्ट भएँ भन्ने लाग्छ। किनभने मैले पैसा र प्रविधिलाई जोड्न सकेँ।’
कैलालीमा उत्पादनमूलक तीन हजार १९४, कृषि छ हजार ४८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार ६७३ गरी १५ हजार ४३४ उद्योग दर्ता भएका छन्।
विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्।
पछिल्लो पाँच महिनामा सर्वसाधारणमाथि हवाई आक्रमणका घटना पाँच गुणा बढेका छन्। जसका कारण देशभर २७ लाख मानिस विस्थापित छन्। एक करोड ८६ लाखलाई मानवीय सहायताको खाँचो छ।
लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा एक पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले बताए।
पछिल्लो तथ्यांकअनुसार देशभर ११ लाखभन्दा बढी बालबालिका (१७ वर्षमुनिका) श्रममा लाग्न बाध्य छन्। त्यसमध्ये दुई लाख २२ हजार जना देशभर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन्।
मेरिङदेन गाउँपालिका–२ स्थित रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा हर्कबहादुर पालुङवा र सुवास नाल्बुको घर जलेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्या समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको चौधरी ग्रुपले पछिल्लो पटक थपिएको १५ दिने म्यादभित्र पनि हकदाबीको प्रमाण पेश गर्न नसकेपछि निर्णय लिन मालपोत कार्यालयले मन्त्रालयलाई गुहारेको छ।