परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।
नक्सालको बालमन्दिर प्रबलीकरणको काम तोकिएभन्दा दोब्बर समय बित्दा पनि ६२ प्रतिशतमा सीमित छ। पुनर्निर्माणमा विलम्ब हुँदा बाल संगठनमा आश्रित बालबालिका ८ वर्षदेखि सास्ती खेपिरहेका छन्।
आयोगको सदस्यमा काठमाडौँकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुसेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डे नियुक्त भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
सरकारी वकिल कार्यालय र सीआईबीको रोहबरमा लिइएको तीन घण्टा लामो बयानमा व्यवसायी एवं सांसद विनोद चौधरीले आफ्नो बचाउ गरेका छन्।
दादुरा–रुवेला संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।
“यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन। यदि चिया प्रांगारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ। यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ।”
मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको मोटरसाइकल बुधबार राति दुर्घटना भएको छ।
बिहीबार बिहान नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको हो।
प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले भने निर्वाचनका क्रममा अनियमितता र धाँधली भएको भएको दाबी गर्दै संवैधानिक अदालतमा उजुरी गर्ने बताएका छन्।
राममनोहर लोहियाका अनुसार जात व्यवस्थामा आधारित समाजमा आफूभन्दा माथि रहेर कसले शोषण गरिरहेको छ भन्दा पनि आफूभन्दा तल कुन जात छ र दलन गर्न पाइएला भन्ने मनोविज्ञानले जबरजस्त काम गरिरहेको हुन्छ।
बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८.५ मिलिमिटर वर्षा भएको छ।
मृत्यु भएका नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन रुस सरकारले मस्कोस्थित नेपाली दूतावासमार्फत आग्रह गरेको थियो।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रुस र बेलारुसका खेलाडीहरूले ओलम्पिकका धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ स्थानीय तहमा खेल मैदान निर्माणका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको छ।
गत साल माघ महिनाको तुलनामा यसपालि माघमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १५२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। कारोबार रकमको आधारमा त अझ यो वृद्धिको मात्रा १६८ प्रतिशत छ।
ठाकुर बेलबासेलाई 'व्यथित काव्य सम्मान' तथा खेमनाथ दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान' प्रदान गर्ने निर्णय भएको हो।
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। यो पत्रसँगै सीआईबीले सांसद चौधरीलाई पक्राउ गरेर बयान लिन सहज हुने भएको छ।
चार दिने नेपाल भ्रमणमा रहेका आईसीसीका अध्यक्ष ग्रेग बार्कलीले प्रधानमन्त्री दाहाल र खेलकुदमन्त्री श्रेष्ठसँग बुधबार छुट्टाछुट्टै भेट गरेका छन्।