AnonymousUser

Logout

सञ्चालनमा आउँदै नेपालगन्ज नाकामा निर्मित एकीकृत जाँचचौकी

भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले केही दिनभित्रै भन्सार कार्यालयले आईसीपी स्थलबाट काम शुरू गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए।

बाइसधारा मेला

बालाजुमा शुरू भयो बाइसधारा मेला

काठमाडौँको बालाजुस्थित बाइसधारामा पाँच दिने मेला मंगलबार शुरू भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शुरू हुने मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनको सहजताका लागि २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाइएको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ। 

काठमाडौँ आइपुगे कतारका अमिर थानी

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँमा आइपुगेका छन्।

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।

पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको ठेक्का अवधि सकिँदा प्रगति ४० प्रतिशत

ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।

कतारका अमिरको भ्रमणका क्रममा भैरहवा–कतार हवाई उडानका लागि पहल गर्न आग्रह

कतारका अमिरको नेपाल भ्रमणका क्रममा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न सरोकारवालाले आग्रह गरेका छन्।

धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

धनुषामा सडक दुर्घटनामा परी मंगलबार पत्रकार विनय यादवको मृत्यु भएको छ।

जलवायु र मौसमी प्रकोपबाट एशिया सबैभन्दा बढी प्रभावित: राष्ट्रसंघ

एशियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएको उल्लेख छ। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए।

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायत व्यवस्थापन गरिएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा रहेको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँमा झरेको छ।

पोर्चुगलमा आफ्नो जीवन चम्काउँदै अरूलाई उज्यालो छरिरहेकी दीपा

पोर्चुगलका नेपालीहरू दीपालाई विदेशमा छोटो समयै राम्रो प्रगति गर्ने महिलामा गन्छन्। कामदारको रूपमा युरोप छिरेर व्यवसायी बनेकी उनी समस्यामा परेका नेपालीहरूको उद्धारमा दिनरात नभनी खटिइरहेकी हुन्छिन्। 

धादिङको गजुरीमा औषधिमा प्रयोग हुने रसायन बोकेको ट्रकमा आगलागी

ट्रकमा आगो लागेपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी क्षेत्रमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ। 

वीरगन्जको अलौमा आगलागी, ७ घर जले

स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुलीबाट सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए। 

२ दिने भ्रमणका लागि कतारका राजा नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारी राजा फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।

सर्लाहीमा ट्रयाक्टर दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

 सोमबार राति हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।

इन्टर मिलानले ५ खेलअगावै जित्यो सिरी ‘ए’को उपाधि

सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो। 

मार्क्स र गालिब: दुई भिन्न बौद्धिक व्यक्तित्वको संवाद

गालिब मार्क्सलाई लेख्छन्– दर्शनशास्त्रमा तपाईंको रुचि छ भने वेदान्त र वहदत उल वजूद (एकेश्वरवादको सुफी दर्शन) अध्ययन गर्नूस्। केवल विचारमाथि विचारको राग अलाप्न बन्द गर्नूस्।

म्याग्दीका १०० भन्दा बढी वनमा डढेलो

जथाभाबी वन डढेलो लगाउँदा दर्जनौँ बस्ती जोखिममा परेका छन्। जिल्लामा रहेका ३११ सामुदायिक वनसँगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वनमा हरेक दिन आगजनी भइरहेका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

मौसम

बढ्यो गर्मी

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ। काठमाडौँको तापक्रम दुई चार दिनयता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ। बढ्दो गर्मीका कारण तातो हावा चलिरहेको छ। तातो हावाले वायु प्रदूषण बढाउने र यसले बालबालिका, बृद्धबृद्धा र बिरामीको श्वास प्रश्वासमा असर गर्ने चिकित्सकहरू बताउँछन्। गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेसनसमेत हुनसक्ने उनीहरूको भनाइ छ। गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानी पाइने फलफूल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरूको सुझाव छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी

यो ब्लक वेबसाइटबाट हटाइएको छ।