भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको छ।
एक हजार ९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ।
१७औँ शताब्दीको शुरूमा प्रवेश गरेको अल थानी समूहले कतारलाई नियन्त्रण गरी शासन थालेको थियो। पछि अटोमन र बेलायती साम्राज्यले पनि शासन गरे। बेलायतबाट स्वतन्त्रता पाएको ५३ वर्षमै कतारले कसरी तरक्की गर्यो?
गाईखर्क सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कबिर राईको घर जलेका छन्।
बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।
आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र देशबाट मानिस आउने गर्छन्। सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटल खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ।
फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटै स्थानीय तहका १११ वनमा डढेलो लागेको छ। डढेलोले जिल्लाको ६९३ हेक्टर वन क्षेत्र सखाप भएको छ।
कन्जरभेटिभ राज्यमा गर्भपतन अधिकारको मत सफल भए पनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ।
पूर्वी नेपालको यो चुनावलाई कतिपयले पहिचानवादीका लागि अन्तिम परीक्षा भएको बताएका छन्। एउटा सिटको हारजितले खासै अर्थ नराखे पनि पहिचानविरोधी र पक्षधरका लागि जुँगाको लडाइँ बनेको छ, यो चुनाव।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनीसहित तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर थानीसँग आग्रह गरेका छन्।
लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने परियोजनाको सूची स्वीकृत गरेको छ।
व्यक्तिगत सूचनामा कसैको पनि गैरकानूनी पहुँच नहुने कुरा सुनिश्चित गर्न आवश्यक कानून बनाउनू भनी सर्वोच्चले दिएको परमादेशलाई बंग्याएर टेरामक्स खरिद प्रक्रिया अघि बढाइएको अख्तियारको अनुसन्धानले देखाएको छ।
मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएसँगै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको हो।
मंगलबार भैरवी गाउँपालिका–६ कुसापानीमा एउटा बँदेलले आक्रमण गरेर गहुँ काटिरहेका सात जनालाई घाइते बनाएको छ।
कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।
जियानमाथि युरोपेली संसद्का सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनलाई संवेदनशील जानकारी पठाएको आरोप छ।
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको छ।
‘काठ, ढुंगा, फलाम, छाना लगाउने लगायत परम्परागत पेसामा कालिगड थरअनुसार छुट्याइएका थिए। औपचारिक शिक्षामा पहुँच नहुँदासम्म सोही प्रणालीले कला, सीप हस्तान्तरण हुँदै आयो।’