AnonymousUser

Logout

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

केही सहकारीका सञ्चालकले बिचौलिया समेतको मिलेमतोमा बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुल्ने धन्दा चलाइरहेको पाइएको छ। यसरी भइरहेको ठगीबारे नियामकीय निकायहरू बेखबर भने छैनन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरसहित ७ जनालाई थुनामै राख्न आदेश, आङ्टावासँग ३० लाख धरौटी माग

सर्वोच्चले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न, एक जनालाई साधारण तारेख र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

उपनिर्वाचन : इलाममा ३७ केन्द्र र बझाङमा ३२ अतिसंवेदनशील, २ हजार ३८७ प्रहरी परिचालन

प्रहरीले उपनिर्वाचनका लागि इलाम र बझाङमा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको छ।

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीले बगाएर १५५ जनाको मृत्यु

तान्जेनियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमा १५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन्।

सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनाविरुद्ध मुद्दा

कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

‘लु’ले नेपालगन्जको जनजीवन प्रभावित

तातो हावा चल्दा दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए।

मिस अर्जेन्टिना प्रतियोगिताका लागि छनोट भइन् ६० वर्षीया महिला

यो उमेरमा पनि तन्दुरुस्त र सुन्दर रहन कसरत गर्नेदेखि उपवास बस्ने गरेको उनले बताइन्। उनी भन्छिन्, ‘सुन्दरताको कुनै म्याद हुँदैन।’

सहकारी समस्या समाधान गर्न तत्काल प्रक्रिया शुरू गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले तत्काल कानूनी व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो।

बाँकेमा वनको डढेलोमा परेर मरे खरायो, सर्प र चरा

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबर कारोबार भएको छ।

तत्कालै कुन अस्पताल जाने थाहा नपाउँदा ज्यान गुमाउँदैछन् जलनका बिरामी

जलनको उपचार गरिने अस्पतालसम्बन्धी जानकारी समयमा नपाउँदा बिरामीको ज्यानै जानुका साथै परिवारले समेत ठूलो सास्ती र आर्थिक क्षति ब्यहोर्नुपरेको छ। 

धनुषाको औरहीमा स्थानीय र सुरक्षाकर्मीबीच झडप, ३ प्रहरी घाइते

धनुषामा बिहीबार प्रदर्शनकारीसँगको झडपका क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

वैदेशिक रोजगारीमा जानेका लागि जहाजमै खानाको व्यवस्था गर्न विभागले काट्यो पत्र

घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको थियो।

शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग माग्यो दलका कार्यसमितिको विवरण

शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका कार्यकारिणी समितिमा रहेका पदाधिकारीको विवरण माग गरेको छ।

पर्वतमा डढेलोले १ हजार ४०० हेक्टर जंगल नष्ट

पर्वतका ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए।

दक्षिण कोरियाले प्रक्षेपण गर्‍यो पहिलो नानोस्याटेलाइट

नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो। यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ।

संख्या बढ्दा बाघ र मानिस दुवै जोगाउन मुस्किल, ‘टाइगर डिप्लोमेसी’ बन्नसक्छ विकल्प

बाघको संख्या वृद्धि भएसँगै मानिससँगको द्वन्द्व बढेको छ। नरभक्षी बाघ समातेर खोरमा राख्ने गरिएको छ। यसरी राखिएका बाघ मर्न थालेका छन् भने खोर क्षमता पनि कम छ। तर सरकारले व्यवस्थापनको विकल्प बनाएको छैन।

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ८० वर्षिया महिलालाको मृत्यु भएको छ।

वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। पाँच खेलको टी२० सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार शुरू हुँदैछ।

ठेकेदारले काम छाडेपछि मुगुमा प्रहरी चौकी भवन ५ वर्षदेखि अलपत्र 

मुगुको सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले ठेक्का लिएको थियो।  एक वर्षमा सक्ने सम्झौता रहेको भवन अलपत्र अवस्थामा छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।