मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आइतबार कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मंगलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ।
ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।
बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।
स्थानीय कुशुलको पाखा, छोटेडाँडा, दुराको रूख र अर्दाको पाखाभरिको वन बिहीबार सल्केको डढेलोले सखापै पारिदिएको छ। यी वनपाखा कालिकाका करिब डेढ सय घरधुरीले घाँसपातको जोहो गर्दै आएको क्षेत्र हो।
मनासलु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अर्ग्यानिक माछा फार्ममा वार्षिक २० क्विन्टल ट्राउट माछा उत्पादन हुने गरेको छ। तर त्यसले स्थानीय बजारको माग धान्न सकेको छैन।
धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार बजेट अभावमा सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।
हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट व्यवस्था गरिएको हो।
दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ।
डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न गाउँमा धनमालको क्षति भएको छ।
दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ।
कोल्हापुर (ब्रिटिस भारत) का महाराजा छत्रपति शाहूले सन् १९०२ मै शिक्षा र रोजगारीमा आरक्षणको नीति ल्याइसकेका थिए। उनकै सहयोगमा अम्बेडकरले उच्च शिक्षासम्म अध्ययन गर्न पाएका थिए।
शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बजारको समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि गुल्मीका किसान गाई–भैँसी पालनतर्फ आकर्षित भएका छन्। उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ।
भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिन बन्द गरिने भएको छ।
जलन पीडितको आत्मबल उकास्न बलियो खम्बा बनेर उभिएका अभियन्ता हुन् उज्ज्वलविक्रम थापा। पोलिएकाको घाउमा मलहमपट्टीसँगै तिनलाई जीवनभर शीतलता दिने उनको सपना जलन कोष स्थापनासँग जोडिएको छ।
कोरोनाकालमा गाउँ फर्किएका काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन्।
बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो।