गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ जनाले अनुमति लिएका हुन्।
दाउराबाट जलाउँदा वातावरणमा पर्ने असर न्यूनीकरणका साथै विद्युतीय शवदाहगृहबाट शव जलाउने कार्यलाई प्रोत्साहन गर्न निःशुल्क सेवा दिने तयारी गरिएको कोषले जनाएको छ।
गृहमन्त्री रवि लामिछानेले सहकारीका बचतकर्ताको रकम अपचलनका बारेमा आफूलाई जोडेर उठाइको प्रश्नमा संसदीय छानबिन समिति नचाहिने बरु आफूले संसद्मा जवाफ दिन पाउनुपर्ने बताएका छन्।
मंगलबार ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कांग्रेसले सर्वदलीय बैठकमा सरकारीको बचत अपचलनमा संलग्नताबारे रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैँडा मृत फेला परेका छन्।
विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्न अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन्।
अभियानका सदस्यसँगको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई काम गर्नेलाई कानूनअनुसार कारबाही हुने जनाएको छ।
विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउँछ। सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने बताइएको छ।
संसदीय दलको बैठकले सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको र उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको ठहर गरेको हो।
सोमबार राति अमेरिका भ्रमणबाट फर्किएका जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मंगलबार बिहानै बालुवाटार पुगेका छन्।
सोमबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर विस्थापित भएका सात परिवारलाई १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर एक लाख ७६ हजार प्रदान गरिएको छ।
सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटियाका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु मृत्यु भएको छ।
निर्बाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छन्।
ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। यहाँको बेकरी धरानमा मात्र नभएर धरान बाहिर पनि लोकप्रिय बनेको छ।
कांग्रेसका केही नेता भ्रष्टाचारमा मुछिँदा समग्र पार्टी नै बदनाम भएको छ। यसमा नेतृत्वको पनि कमजोरी छ, अभियोग लागेपछि निलम्बन गर्नु साटो संरक्षण गरिन्छ। यसले सिंगो पार्टीको गरीमा कमजोर बनाउँछ।
बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ २–० ले विजयी भएको छ।