AnonymousUser

Logout

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।

सय दरका नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सरकारले सय दरका नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिएको छ।

अर्थले नवप्रवर्द्धन कार्यक्रमको ८८ करोड बजेट निकास नगरेको सामान्य प्रशासनमन्त्रीको गुनासो

मन्त्री जोशीले नवप्रवर्द्धन कार्यक्रमका लागि विभिन्न मापदण्डबाट १०४ वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण दिइएको तर बजेटका लागि हारगुहार गर्दा पनि निकासा हुन नसकेको बताए।

झापामा परीक्षा दिएर फर्किएकी छात्रामाथि आक्रमण

अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बसेर अध्ययन गर्दै आइरहेकी एक छात्रा घाइते भएकी छन्।

रासायनिक विषादीको प्रयोग घटाउन ‘आईपीएम’ कृषक पाठशाला

कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।

जनावरका कल्पना र वास्तविक संसार देखाउने रंगमञ्च

नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ गर्छन्। उनीहरू गीत गाउँदै मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन।

हराएको ५४ वर्षपछि बारीमा भेटियो ‘इंगेजमेन्ट’को औँठी

वेल्सको पोन्टाडावेकी ७६ वर्षीया मर्लिन बिर्चले वर्षौंपछि उक्त औँठी भेटाउँदा ‘भावनात्मक पुनर्मिलन’ भएको बताएकी छन्।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

जापान पठाइदिने भन्दै ३ करोड रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ७ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्।

राष्ट्र संघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने उल्लेख छ।

पर्यावरण बिगारेको भन्दै अभियन्ताले हटाए रूखमा बेरिएका झिलिमिली बत्ती

हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाली बजारमा सुन बिहीबारको तुलनामा एक हजार १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

पानी नपरेपछि बाराका किसानले पाएनन् चैतेधान रोप्न

बाराको दक्षिणी क्षेत्रका किसानले खडेरीका कारण रोपाइँ गर्न सकेका छैनन्। जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै चैतेधान रोपाइँ भएको छ। 

तरकारीले बजार नपाएपछि खरबुजाखेती, बारीमै पुग्न थाले ग्राहक

कावासोती–१७ का मीनबहादुर महतोले तीन बिघा जग्गा भाडामा लिएर खरबुजाखेती गर्दै आएका छन्। खरबुजालाई बजारको समस्या छैन। बारीबाट नै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको छ।

अमेरिकाबाट नेपाल पठाइयो तेह्रौँ शताब्दी पुराना मूर्ति, हराएका स्थानमा प्रतिस्थापन गरिने

१३औँ, १७औँ र १८‍औँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्ति धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ।

लोकतान्त्रिक संस्कृतिको अभावले संकटमा गणतन्त्र

नागरिकको करबाट जम्मा भएको बजेटलाई जथाभाबी खर्च गरिनु बिलकुलै गणतान्त्रिक चेत होइन, यो पुरानै भुरेटाकुरे राज्यको अभ्यास हो। जनताको उपहास हो।

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

आईपीएलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा हैदराबाद १ रनले विजयी भएको हो।

देशका अधिकांश स्थानको मौसम सफा रहने

दिउँसो, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली भई बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।