दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति चयन हुन सकेको छैन।
सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रसारित अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रत्यर्थीले नाम लिएका व्यक्तिसँग लिखत जवाफ माग गरेको छ।
जसपाबाट मोहभंग भएर बसेका अशोक राई र उनका समर्थक सांसदहरू पार्टीभित्रका असन्तुष्टिको प्रतिवाद नगरी बसेका थिए। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसायसहित मौन पर्खाइको नतिजा अहिले देखिएको छ।
इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।
आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।
सम्झौताहरूको कार्यान्वयनमा जोड दिन एवं आमरण अनशनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आयोगले आग्रह गरिएको छ।
सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ।
पहुँचका आधारमा हिरासत छल्न स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति रोक्ने सम्बन्धमा काउन्सिलले दिएको सुझावका आधारमा गृह मन्त्रालयले तीनबुँदे निर्णय गरेको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता गर्ने निर्णय गरेको हो।
सोमबार नेप्से परिसूचक १५.६२ अंकले घट्दै १९५८.७५ को विन्दुमा सीमित भएको छ।
आपराधिक र भ्रष्ट संस्कारमा हुर्केर वंशपरम्पराको राजनीति सम्हाल्न दुस्साहस गर्ने जो जति छन् तिनको हातमा सत्ता र शक्तिको तालाचाबी सुम्पिने गल्ती हामीबाट अब हुनुहुँदैन।
सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलामा गरी चार स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। हेल्थ डेस्क स्थानीय तहहरूले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्छ।
सोमबार दिउँसो तीन जनाले पेस्तोल देखाएर धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन्।
भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले गण्डक जलविद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै पानी नपठाउँदा विद्युत् उत्पादन बन्द भएको छ।
निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ। त्यहाँबाट फलामका रडहरू बाटो नै छेक्ने गरी बाहिर निस्केका छन्।
करदाता सेवा कार्यालयहरूबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ।
बाराका किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका छन्।
‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ को कार्यान्वयनसँगै आजदेखि बागमती प्रदेशमा नेपाल र तामाङ भाषा पनि सरकारी कामकाजी भाषा बनेका छन्।
होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क (सर्भिस चार्ज)को अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन्।