सोमबार दिउँसो तीन जनाले पेस्तोल देखाएर धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन्।
भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले गण्डक जलविद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै पानी नपठाउँदा विद्युत् उत्पादन बन्द भएको छ।
निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ। त्यहाँबाट फलामका रडहरू बाटो नै छेक्ने गरी बाहिर निस्केका छन्।
करदाता सेवा कार्यालयहरूबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ।
बाराका किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका छन्।
‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ को कार्यान्वयनसँगै आजदेखि बागमती प्रदेशमा नेपाल र तामाङ भाषा पनि सरकारी कामकाजी भाषा बनेका छन्।
होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क (सर्भिस चार्ज)को अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन्।
टी–२० विश्वकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यहीबीच सहआयोजक वेस्ट इन्डिजमा आतंकवादी हमलाको धम्की आएको छ।
चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो। एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो।
गाउँमा जथाभावी सडक निर्माण र तालमा सिमेन्टको पर्खाल लगाएपछि पानी रित्तिएको स्थानीय बताउँछन्।
हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै इजरायल सरकारले अल जजिराको प्रसारणमा प्रतिबन्ध लगाएको हो।
लामो समयको सुक्खा खडेरी, जंगलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापरबाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।
वातावरण/जलवायु परिवर्तनसम्बन्धी अनर्गल मुद्दा उठाएर हाम्रोजस्तो गरिब मुलुकलाई गैरअनुपातिक जिम्मेवारी बहन गर्न बाध्य बनाउने र देश सुहाउँदो विकासलाई अवरोध गर्ने दातृसंस्था अनावश्यक महत्त्व दिनु हुँदैन।
टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
जसपाबाट विभाजित भएर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेताहरूले अध्यक्ष यादवले अस्थिरता निम्त्याउन खोजेकाले अलग बाटो रोजेको तर्क गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्यांगको अनुमान गरेको छ।
डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको बताए।
हरेक वर्षको हिउँदमा वन डढेलो र आगलागीका कारण पछिल्ला नौ वर्षमा ७५७ जनाले ज्यान गुमाएका छन्। सरकारले चाहेमा यस्तो क्षति घटाएर कृषिउत्पादन बढाउने बलियो विकल्प बन्नसक्छ ‘बायोचार’।
गण्डकीका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशमा टेकेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन्।