पटक–पटकको गर्भपतनले महिलाको प्रजनन क्षमतामा ह्रास मात्रै होइन ज्यानै जोखिममा पर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको भनाइ छ।
सत्तारूढ दल र नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।
नाटकमा सुन्नीमा र पारुहाङ नामक दुई पात्रको प्रेमकथा छ। सुन्नीमा र पारुहाङको प्रेममार्फत मानव सृष्टिको आदिकालीन यात्राको वर्णन हुँदै गर्दा नाटकमा किराती समुदायको संस्कृति र परम्परा झल्किन्छ।
वर्षा र सहकालको देवता रातो मत्स्येन्द्रनाथको मूतिलाई हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाको दिन रथमा राखेर पाटनका भित्री शहर परिक्रमा गराइन्छ। १४ सय वर्ष पुरानो मानिने यो जात्राका विश्रामस्थल आठ वटा छन्।
तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।
ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उद्योगी विष्णु चौधरीको भनाइ छ।
अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो।
बागमती प्रदेशसभाको शनिबारको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ।
‘हामीले सानो सपना देख्यौँ। मेरो सिनेमा समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने नै सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राईहरूले पनि हेरुन् भनेर सोचेनौँ।’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो।
ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको कार बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।
शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।
यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत भने त्यति धेरै हुँदैन।
कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्।
सुबोधले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्। उद्धार गरिएका सर्प जिल्ला वन कार्यालय, निकुञ्जसँग समन्वय गर्दै सुरक्षित वासस्थानमा छाडिने गरेको छ।
पाँच हजार १०० मिटर उचाइमा रहेको चीनको सिमानामा शुक्रबार दिउँसो दुई एक्स्काभेटर र एक जना ट्याक्टर चालक पुगेका हुन्। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भन्ज्याङको दूरी ८५ किमी छ।
नेपाली समाजमा कुलीनहरूको समूह अत्यन्तै सानो छ। झन् ७०/८० वर्षअघि स्रोत साधनमा कति सानो समूहको रजगज चल्थ्यो होला भन्ने अनुमान लगाउन सकिन्छ।
गोरखाको सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोला र गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको छ।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।