सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले लुम्बिनी गुरुयोजनाअन्तर्गत योजनाहरूको कार्यान्वयन, तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएको छ।
सर्वदलीय बैठकले वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
डेनमार्कको स्वास्थ्य मन्त्रालयले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट विस्तार गरेर १८ हप्ता पुर्याउने योजनाअनुरूप विधेयक अगाडि बढाएको छ।
प्राधिकरणले विद्यमान कानूनको उल्लंघन हुने गरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो।
इन्टरनेट सेवामा ‘मर्मतसम्भार शुल्क’ लाग्ने कि नलाग्ने भन्ने विवाद नौ महिनायता सरकार र सेवा प्रदायकबीच जारी छ। बिहीबार अवरुद्ध इन्टरनेट सेवा पुनः चालु भए पनि यो समस्या भने अझै समाधान भएको छैन।
भारतका प्रधानन्यायाधीश डा. धनन्जय यशवन्त चन्द्रचुडले शनिबार काठमाडौँमा आयोजना हुने न्यायसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।
सरकारले सय दरका नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिएको छ।
मन्त्री जोशीले नवप्रवर्द्धन कार्यक्रमका लागि विभिन्न मापदण्डबाट १०४ वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण दिइएको तर बजेटका लागि हारगुहार गर्दा पनि निकासा हुन नसकेको बताए।
अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बसेर अध्ययन गर्दै आइरहेकी एक छात्रा घाइते भएकी छन्।
कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।
नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ गर्छन्। उनीहरू गीत गाउँदै मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन।
वेल्सको पोन्टाडावेकी ७६ वर्षीया मर्लिन बिर्चले वर्षौंपछि उक्त औँठी भेटाउँदा ‘भावनात्मक पुनर्मिलन’ भएको बताएकी छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ७ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्।
प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने उल्लेख छ।
हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।
नेपाली बजारमा सुन बिहीबारको तुलनामा एक हजार १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
बाराको दक्षिणी क्षेत्रका किसानले खडेरीका कारण रोपाइँ गर्न सकेका छैनन्। जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै चैतेधान रोपाइँ भएको छ।