AnonymousUser

Logout

बुधबारदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद, २५ देशका विज्ञ सहभागी हुने 

नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यस विषयलाई अन्तर्राष्ट्रिय जगतमा संस्थागत गर्न यो संवाद महत्त्वपूर्ण हुने वन मन्त्रालयले जनाएको छ।

कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, २ गम्भीर

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल, जोमसोम–कोरला यात्रा सहज

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ।

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसासमेत गरे।

‘जातको कुरा कहिलेसम्म? जात व्यवस्था रहेसम्म’

विज्ञान प्रविधिले कस्ता–कस्ता चमत्कार गरिसक्दा पनि पानी छुँदा, प्रेम गर्दा मारिने अवस्था अझै छ। यस्तो परिस्थितिमा समाजमा परिवर्तन आएको छ भनेर दंग पर्ने अवस्था उत्पीडित जाति, समुदायलाई छैन।

पशुपतिनाथको भेटी चोरी, ७ कर्मचारीसहित ८ जना पक्राउ

सीसी क्यामेरा हेर्दा पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरीमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

कोशी र लुम्बिनीमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

जडान नै गरिएनन् संघीय अस्पतालमा आएका १४ प्रतिशत स्वास्थ्य उपकरण

संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ।

बाँदरले हैरान पारेपछि धानखेती छोडेर सामूहिक कागतीखेती गर्दै पोखराका किसान

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।

बाँदरले हैरान पारेपछि धानखेती छोडेर सामूहिक कागतीखेती गर्दै पोखराका किसान

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।

आर्मीका श्रेष्ठलाई पाथीभरा म्याराथनको उपाधि

पाथीभरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन्।

फेवाताल अतिक्रमण गरेकाहरू सर्वोच्च अदालतले तोकेको मापदण्ड नै उल्ट्याउने प्रयासमा

फेवातालको मापदण्ड ६५ मिटर कायम गरी संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति जिम्मेवार निकाय उदासीन छन्। त्यसको फाइदा उठाउँदै २२ जनाले तालको मापदण्ड घटाउन सर्वोच्चमै रिट दिएका छन्।

इजरायली प्रधानमन्त्री र हमास नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न आईसीसीमा निवेदन

हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको छ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा उम्मेदवार बन्न अयोग्य ठहर

दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ।

१ खर्ब २६ अर्बको निर्यात हुँदा १३ खर्बको आयात

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।

चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो। विगत एक वर्षदेखि तालसँगै आयस्रोत पनि सुक्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।

सुर्खेत बस दुर्घटनामा २ जनाको मृत्यु, २१ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

सभामुखले पदीय मर्यादाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप

कांग्रेसले कार्यादेशलाई टुंग्याएर सदन सञ्चालनलाई सहज बनाउनुपर्नेमा सरकार र सत्तापक्ष सहकारीका केही ठगलाई जोगाउन संसदीय मूल्यमान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको ठहर गरेको छ।

बजेट अभावमा खानेपानी आयोजना निर्माण अलपत्र

म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।